सरकारले नवनिर्वाचित जनप्रतिनिधिलाई तालिम दिने

अर्थ राजनीति  ~  सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई तालिम दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारहरूसँग समन्वय गरी तालिम दिन लागेको छ। स्थानीय सरकार सञ्चालनलगायत विभिन्न विषयमा जनप्रतिनिधि (प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष) लाई तालिम दिन लागिएको मन्त्रालय स्रोतले जनाएको छ। जेठ २५ गतेदेखि तालिम सुरू हुनेछ। प्रदेश नम्बर […]

आज बजेट सार्वजनिक गर्दै सरकार

अर्थ राजनीति ~ सरकारले आज बजेट सार्वजनिक गर्ने भएको छ। आज मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन्। आर्थिक वर्ष ०७९/०८० का लागि सरकारले आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको छ। राष्ट्रिय योजना आयोगले १७ खर्ब, ४५ अर्बको बजेट सीमा निर्धारण गरेको छ। यो सीमाभित्रै […]

” वाम–लोकतान्त्रिक गठबन्धनले समाजवादको लक्ष्य पुरा गर्छ ” : अध्यक्ष दाहाल

अर्थ  राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन अपील गरेका छन्। १५औँ गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गरेका हुन् । देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादको […]

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय आयो

अर्थ राजनीति   ~  सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर उपभोक्तालाई राहत दिने निर्णय भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए। उनले संसदमा बोल्दै भने-‘मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएर […]

स्थानीय निर्वाचन : महानगरको मेयरमा एमाले शून्य

अर्थ राजनीति  ~  स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७ सय ५३ पालिकामध्ये ७ सय ५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिकामा भने शून्य भएको छ। २०७४ को निर्वाचनमा कांग्रेस–एमालेले समान २–२ महानगर जितेका […]

राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षाः ” ब्याज दर घटबढ हुन सक्ने संकेत “

अर्थ राजनीति  ~  पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता दिने देखिएको राष्ट्र बैंकले बाह्य दबाब कम गर्न भने ब्याजदर चलाउन सक्ने संकेत गरेको छ। केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा यस्तो देखिएको हो। सार्वजनिक तेस्रो त्रैमासिक समीक्षामा नीतिगत परिवर्तन देखिंदैन। मौद्रिक नीतिको कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, […]

” निजगढ विमानस्थल निर्माणको काम अदालतले रोक्नु दुःखद ” : अध्यक्ष लिङ्देन

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाउनु दुःखद भएको बताएका छन्। बिहीबार सर्वोच्च अदालतले विमानस्थल निर्माणको काम तत्काल रोक्न परामदेश जारी गरेपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द […]

मन्त्री झाँक्री : ” सर्वोच्चले कुन आधारमा टेकेर निजगढ विमानस्थलबारे निर्णय गर्यो ? “

अर्थ राजनीति  ~  शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनु भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् । उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गरिन् । । उनले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प […]

” मतदाताले जिताइसकेपछि बालेन एक्लै छन् भन्ने नसोचौं ” : महामन्त्री शर्मा

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई सघाउनु सबैको कर्तव्य भएको बताएका छन् । साहलाई बधाई दिँदै महामन्त्री थापाले जनताको काममा जनप्रतिनिधिलाई सबै सघाउनुपर्ने बताए। शुक्रबार विहान ट्वीट गर्दै उनले भने, ‘‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो । मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै […]

नेपाल बैंकको एकैदिन चार वटा शाखा विस्तार

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकका अनुसार टोखा नगरपालिका– ६ स्थित ग्रिनल्याण्ड, नार्गाजुन नगरपालिका–१ स्थित रानीवन चोकमा शाखा विस्तार गरेको हो ।यस्तै काठमाडौं महानगरपालिका–१३ स्थित सितापाइला चोक र काठमाडौं महानगरपालिका–९ स्थित पुरानो बानेश्वरमा पनि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । […]