” मतदाताले जिताइसकेपछि बालेन एक्लै छन् भन्ने नसोचौं ” : महामन्त्री शर्मा

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई सघाउनु सबैको कर्तव्य भएको बताएका छन् । साहलाई बधाई दिँदै महामन्त्री थापाले जनताको काममा जनप्रतिनिधिलाई सबै सघाउनुपर्ने बताए। शुक्रबार विहान ट्वीट गर्दै उनले भने, ‘‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो । मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौँ।’ यस्तै उनले साहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको पनि बताए । ‘बालेनलाई बधाई दिउँ, बदलौँ आफूलाई। बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन्,’ शर्माको ट्वीटरमा उल्लेख छ । बालेनको जितमा काँग्रेसको पराजय मात्र होइन जनताले आशा देखेको पनि शर्माको भनाइ छ। ‘बालेनको विजय हाम्रो पराजय मात्र होइन उनीप्रति आशा र विश्वासको जित पनि हो,’ उनले भने, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आँखो पर।’ उनले काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रूपले आत्मसाथ गरिनुपर्ने पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्