मन्त्री झाँक्री : ” सर्वोच्चले कुन आधारमा टेकेर निजगढ विमानस्थलबारे निर्णय गर्यो ? “

Machchapuchchre

अर्थ राजनीति  ~  शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनु भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् । उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गरिन् । । उनले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको आरोप लगाए । मन्त्री झाँक्रीले सबै न्यायाधीशहरु प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए संसदमा आएर फेस गर्नसमेत चुनौती दिए । उनले सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने बताए ।

झाँक्रीले भनिन्, ‘ प्रत्येक न्यायाधीशहरु यदि प्रधानन्यायाधीश हुने लाइनमा छन् भने पार्लियामेन्टमा आएर फेस गर्नुपर्छ । त्यो भनेको पब्लिकलाई फेस गर्नु हो । हाम्रो संविधानमा भएको धेरै राम्रो व्यवस्था हो यो ।  यो पहिलोपटक भयो अन्तरिम संविधान निर्माण यता । त्यसैले श्रीमानहरूले गरेको निर्णय सम्मानित अदालतको आदेश सरकारले मान्छ तर तपाईहरुले कुन कुरा, कुन प्रिन्सिपललाई टेकेर निर्णय गर्नुभयो ? सरकारको भेष्टेट इन्ट्रेस बुटामात्रै काट्ने छ भने अदालतले गरेको निर्णय ठिक हो । नेपालमा अर्को ठाउँमा शहर विकास गर्ने, अर्को अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएर ट्रान्जिट गर्न सहज बनाउने हो भने श्रीमानहरू यो निर्णय गर्दा कतैबाट प्रभावित पो हुनुभयो कि ? निवेदकहरू कतैबाट प्रभावित भएर यो काम गरिराख्नुभएको छ कि ? हामीले यहाँबाट हेर्नुपर्छ ।’ मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाइन् । उनले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गरिन् । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुन नसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताइन् । उनले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्ने भन्दै व्यंग्य गरिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्