बैंकहरूमा एक दिनमै ५ अर्ब डिपोजिट थपियो, २ अर्ब ऋण दिए

अर्थ राजनीति  ~  पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अभाव बढ्दै गएको छ । तरलता अभावकै कारण अहिले बैंक तथा वित्तीय संस्थाहहरू नयाँ ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत २२ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा र निक्षेपबीचको अन्तर (सीडी रेसियो) ९० दशमलव ५८ प्रतिशत छ । […]

भारतीय बजारमा विद्युत बिक्री गर्ने बाटो खुला

अर्थ राजनीति  ~   नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर […]

अर्थतन्त्र श्रीलंकाको झैं नभएको वरिष्ठ उपाध्यक्ष ढकालको दाबी

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्थामा भने नपुग्ने दाबी गरे । उनले हामीले स्वदेशमा उत्पादित वस्तुहरूको जबसम्म […]

काठमाडौँमा मेयरका थरिथरि आकाङ्क्षी : पूर्व डीआईजीदेखि हिरोसम्म !

अर्थ राजनीति  ~  आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारका आंकाक्षीहरु बढ्न थालेका छन् । देशको धेरै मतदाता रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिने नाममा चलचित्र अभिनेता भुवन केसीदेखि पूर्वडीआइजी रमेश खरेलसम्म चर्चामा छन् । केही स्वतन्त्र उम्मेदवारहरूले पनि निर्वाचनको मिति घोषणालगत्तै आफूलाई मेयरको उम्मेदवारका रूपमा चिनाउँदै मतदाता रिझाउने अभियान सुरु […]

पेट्रोलियमको आयात घटाउन राष्ट्र बैंकको निगमलाई सुझाव

अर्थ राजनीति  ~  पेट्रोलियम आयात उच्च दरले भएर विदेशी मुद्राको सञ्चिति घटेको भन्दै नेपाल राष्ट्र बैंकले आयात कटौती गर्न नेपाल आयल निगमलाई सुझाव दिएको छ। उसले डलर बेचेर भारुको प्रबन्ध गर्नु परेकाले सञ्चितिमा चाप परेको भन्दै आयात कटौतीका लागि प्रस्ताव गरेको हो। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अधिकारीहरुले निगमका उच्च अधिकारीहरुसँग प्रत्यक्ष भेटेर इन्धन […]

” महिलाहरू नेतृत्वमा आए पारदर्शिता र सुशासन कायम हुन्छ ” : अर्थमन्त्री

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले महिलाहरूले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशासन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाहरूको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरूलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताए ।‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य […]

” स्थानिय निर्वाचनमा सहकार्य हुन्छ, गठबन्धन हुन्छ ” : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~  वर्तमान सरकारका गठबन्धन दलहरुबिच स्थानिय तहको निर्वाचनमा पनि सहकार्य हुने गठबन्धन घटक नेकपा एकीकृत समाजवादिका अध्यक्ष  माधव कुमार नेपालले बताएका छन् । मंगलबार साझ भैरहवा स्थित गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग आफ्ना धारणा राख्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘गफाडिहरु, प्रतिगमनकारिहरुलाई परास्त गर्नु नै मुल उदेश्य हो । यसैले सरकारमा सहभागी दलहरुबिच […]

नेपाल बैंक द्वारा ग्राहकहरुलाई नयाँ वर्षको अवसरमा अफर

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच एक सम्झौता भएको छ । दराजबाट सामान किन्दा बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो  । यो योजना चैत २८ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र […]

” जलश्रोतको व्यवस्थापन आजको आवश्यकता ” : मन्त्री भुसाल

अर्थ राजनीति ~  ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छन् । बुधवार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरूको प्राप्ति विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरू रहेको भन्दै आजको आवश्यकता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको […]

” तीन दिनभित्र आचारसंहिता लागू हुन्छ ” : निर्वाचन आयोग

अर्थ राजनीति  ~  स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ ।‘भोलिसम्म आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिन्छ । त्यो […]