” महिलाविरुद्धको भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ “: प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गरेका छन् । साथै उनले […]

काठमाडौंका मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरु आज शपथ लिँदै

अर्थ राजनीति   ~  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्ष र सदस्यले आज शपथ लिँदैछन् । सोमबार बिहान १० बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर शाहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ । त्यसपछि मेयर शाहले उपमेयर डंगोललाई र वडाध्यक्षलाई शपथ […]

तारा एयर विमान दुर्घटना : घटनास्थलबाट १४ जनाको शव संकलन

अर्थ राजनीति  ~  मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्न सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् । त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको  जानकारी दिएका छन्। उनले अन्यको […]

निजगढ प्रकरण : सर्वोच्च अदालतको आदेशविरुद्ध आन्दोलन चर्किदै

अर्थ राजनीति  ~  निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आइतबार भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् । धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता […]

तारा एयर अपडेटः लेतेमा ठूलो आवाज आएको भन्दै स्थानीयले गरे प्रहरीलाई खबर

अर्थ राजनीति  ~ पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।  जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका तीन […]

” लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाे छ ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । जसका कारण मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रति जनताको आस्थामा समेत चोट पुर्याउने काम भइरहेको उहाँकाे […]

सरकारले नवनिर्वाचित जनप्रतिनिधिलाई तालिम दिने

अर्थ राजनीति  ~  सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई तालिम दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारहरूसँग समन्वय गरी तालिम दिन लागेको छ। स्थानीय सरकार सञ्चालनलगायत विभिन्न विषयमा जनप्रतिनिधि (प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष) लाई तालिम दिन लागिएको मन्त्रालय स्रोतले जनाएको छ। जेठ २५ गतेदेखि तालिम सुरू हुनेछ। प्रदेश नम्बर […]

आज बजेट सार्वजनिक गर्दै सरकार

अर्थ राजनीति ~ सरकारले आज बजेट सार्वजनिक गर्ने भएको छ। आज मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन्। आर्थिक वर्ष ०७९/०८० का लागि सरकारले आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको छ। राष्ट्रिय योजना आयोगले १७ खर्ब, ४५ अर्बको बजेट सीमा निर्धारण गरेको छ। यो सीमाभित्रै […]

” वाम–लोकतान्त्रिक गठबन्धनले समाजवादको लक्ष्य पुरा गर्छ ” : अध्यक्ष दाहाल

अर्थ  राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन अपील गरेका छन्। १५औँ गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गरेका हुन् । देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादको […]

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय आयो

अर्थ राजनीति   ~  सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर उपभोक्तालाई राहत दिने निर्णय भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए। उनले संसदमा बोल्दै भने-‘मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएर […]