सिद्धार्थ बैंक अवार्डबाट सम्मानित

अर्थ राजनीति  ~  सिद्धार्थ बैंक लिमिटेड ‘दोस्रो बेस्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एजले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो । उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरे । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप […]

काठमाडौं महानगरले आज स्थापना दिवस मनाउँदै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा  महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम […]

“तत्काल अध्यादेश जारी हुने अवस्था छैन ” : राष्ट्रपति कार्यालय

अर्थ राजनीति  ~  सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ ।  टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका  रेशम चौधरीसहितलाई छुटाउन ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी हुने सम्भावना कम देखिएको छ । राष्ट्रपति भण्डारीले गत सोमबार वर्तमान शेरबहादुर देउवा सरकारले पठाएको अध्यादेश […]

“अन्तर मन्त्रालय र विभागबिच समन्वय जरुरी “: वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अन्तर मन्त्रालय र विभागबिच समन्वय हुन नसक्दा विभिन्न  समस्या  आएको बताएका छन् । बुधवार काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार संघको १३ औँ वार्षिक साधारण सभा एवम् छैठौँ महासभामा उनले यस्तो बताएका हुन् । कार्यक्रम बोल्दै उनले भने, ‘अन्तर मन्त्रालय र विभागबिच समन्वय हुन सकेको […]

अध्यादेशका कारण घेराबन्दीमा प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  नेपाली कांग्रेस नेतृत्त्वका वर्तमान सरकार आफ्नै पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ। व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टी भित्रबाटै घेराबन्दीमा परेको हो । निर्वाचनलगत्तै सरकारले ल्याउन लागेको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस भइसकेको छ । प्रतिपक्षी दल नेकपा […]

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

अर्थ राजनीति  ~  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीय निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय  पुष्कर […]

ललिता निवास काण्डमा पुनः छानबिन गर्दै सीआईबी

अर्थ राजनीति  ~  ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ । करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सीआईबीको सो अनुसन्धान प्रतिवेदन […]

पुसमा तरलता संकट थप गहिरिने बैंकरको विश्लेषण

अर्थ राजनीति  ~  गत असार मसान्तको तुलनामा वाणिज्य बैंकहरुको कुल निक्षेप एक खर्ब र ऋण ५० अर्ब रुपैयाँले बढेको छ।आर्थिक वर्षको सुरुवातमा घटेको निक्षेप मंसिर लागेपछि सुधार हुन थालेको हो। मंसिरमा मात्रै ३७ अर्ब रुपैयाँले निक्षेप बढेको छ।बढ्दो निक्षेपका बीच ऋण लगानी सुस्त भएको छ। निक्षेप संकलनमा भएको सुधारले बैंकहरुले अहिले राष्ट्र बैंकसँग लिने सापटी […]

गठबन्धनमा हिस्सेदारी खोज्दै लोसपा

अर्थ राजनीति  ~  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनमा आफ्नो हिस्सेदारी खोजेको छ। लोसपाका शीर्ष नेताको छलफलले आफू पनि सत्ता गठबन्धनको एउटा दल भएकोले सरकार निर्माणका बैठकमा सहभागी गराउनुपर्ने निश्कर्ष निकालेको छ। ‘चुनावअघि हामीले सत्ता गठबन्धनसँग सहकार्य गरेको हो। त्यतिबेलै चुनावपछि पनि सँगै जाने भनेर भनिएको थियो,’ लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले  भने, ‘यसबारेमा […]

चौधरीलाई छुटाउन अध्यादेश ल्याउन खोजिएको भन्दै जनमोर्चाको विरोध

अर्थ राजनीति  ~  नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्न सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन लागिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । नयाँ सरकार गठनमा बहुमत पुर्याउने उद्देश्यले चौधरीलाई जेलमुक्त गर्न खोजिएको भन्दै जनमोर्चाले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने उल्लेख गरेको छ […]