सरकारविरुद्ध सडक संघर्षमा जाने राजेन्द्र लिङ्देनको चेतावनी

अर्थ राजनीति   ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि हिजो (सोमबार) निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सना समेत गरे […]

उच्च अदालतको आदेश – सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्नू

अर्थ राजनीति  ~  उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले यस्तो आदेश गरेको हो । गएको चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई […]

गृहमन्त्री श्रेष्ठविरुद्ध प्रदर्शन : राजीनामा माग

अर्थ राजनीति  ~  गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याजीपीडितले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरूले चर्को नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्रीले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ । मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक […]

काठमाडौं-तराई मधेश द्रुतमार्गको अनुगमन

अर्थ राजनीति  ~  निर्माणाधीन काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को अनुगमनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मकवानपुर आउने भएका छन्। प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे भीमफेदी गाउँपालिका-८ महादेवटार आइपुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। नेपाली सेनाको हेलिकप्टरमार्फत अनुगमनमा आउन लागेका उनले महादेवटारसँगै फास्ट ट्र्याक अन्तरर्गत लेनडाँडा […]

काठमाडाैंमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

अर्थ राजनीति  ~  काठमाडाैंमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएकाे छ । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हाे । शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीसँग झडप भएकाे प्रत्यक्षदर्शी श्याम पाेखरेलले बताउनु भयाे। प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा […]

एमाले अध्‍यक्ष ओली अस्वस्थ

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । भाइरल ज्वरोले स्वास्थ्यमा समस्या देखिएको अध्‍यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् । ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ उनले फेसबुकमा लेखेका छन् […]

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण: पौडेलविरुद्ध ६९ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

अर्थ राजनीति  ~  सेक्युरिटी प्रिन्टिङ प्रेस सञ्चालन तथा सुरक्षणका लागि पावर सिस्टम र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांक लगायत खरिदमा घोटाला भएको छ । घोटाला भएको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हाे । पौडेलविरुद्ध राज्यकोषको ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पु(याएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको […]

महानगरले फोहोर नउठाएपछि सिंहदरबारले खोज्यो व्यवस्थापनको विकल्प

अर्थ राजनीति  ~    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबार भित्रको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिएको आइतबार ९ दिन भइसकेको छ । तर पनि सिंहदरबार भित्रका मन्त्रालयको प्राङ्गण वरपर फोहोर देखिएको छैन भने दुर्गन्ध पनि फैलिएको छैन । फोहोर ल्याण्डफिल साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। […]

प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रिया अघि बढाउन प्रमुख ३ दलबीच सहमति

अर्थ राजनीति  ~   प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश […]

‘भिजिबिलिटी’ कम भएपछि आन्तरिक हवाई उडान प्रभावित

अर्थ राजनीति  ~  प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ। बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ। सिमराको उडान भर्खरै खुलेको छ। पोखरा, भरतपुर र तुम्लिङटारको उडान […]