कांग्रेस र माओवादीका सांसद : “हतारमा कोशी नाम राखेर गल्ती भयो”

Machchapuchchre

अर्थ राजनीति  ~  फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि मुख्यमन्त्री हिक्मत कार्कीले सन्तोषको सास फेर्दै भनेका थिए, ‘जता गए पनि नाम राख्नै नसकेको अपजसबाट अब हामीले मुक्ति पाएका छौं।’मुख्यमन्त्री कार्कीले यसरी सन्तोष प्रकट गरेको एक साता नबित्दै प्रदेशमा उनले सोचेभन्दा विपरीत अवस्था सिर्जना भयो। पहिचान पक्षधर शक्तिहरूले सडकमा नामकरणविरूद्ध आन्दोलन थालेपछि अशान्त बनेको प्रदेशको अवस्था अहिले पनि उस्तै छ। आजै पनि विराटनगरमा प्रदर्शन हुँदा २६ जना आन्दोलनकारी पक्राउ परेका छन्। प्रदेशमा तनाव निरन्तर बढ्दै जान थालेपछि त्यसबेला कोशीको पक्षमा उभिएर मतदान गरेका दल र तिनका सांसदहरू यतिबेला पश्चाताप प्रकट गरिरहेका छन्। एमाले र राप्रपाबाहेकका  दल र बहुसंख्यक सांसदहरू जस लिने लोभमा हतारमा प्रदेश नामकरण गर्नु गल्ती भएको भन्न थालिसकेका छन्।’राम्रोसँग छलफल चलाएर प्रदेशको नाम राख्नुपर्ने थियो। गल्ती त्यहीँनेर भयो,’ कांग्रेसका एक नेताले भने। नेकपा माओवादी (केन्द्रले त) एक महिना पहिले नै पहिचानको पक्षमा नउभिएर गल्ती भएको स्वीकार गरिसकेको छ। पार्टीले नै आधिकारिक रूपमा नामाकरण भएको भनेर गल्ती स्वीकार गरेको छ। चैत २२ गते बसेको  पदाधिकारी बैठकपछि पत्रकारहरूसँग बोल्दै  माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भनेका थिए, ‘पहिचानकै पक्षमा त्यतिखेर अडान राख्नुपर्थ्यो, कमजोरी भएको छ। हामी पहिचानकै पक्षमा छौं भन्ने कुरा प्रदेश कमिटीमा राख्ने कुरा भएको छ।’अहिले कांग्रेसका सांसद तथा नेताहरू पनि नामकरण गर्दा हतारिएकामा पछुतो प्रकट गरिरहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्