दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ६ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्