अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर

Artharajniti  ~  हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक नयाँ सूचना अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । ग्लोबल आइएमई बैंक र प्रभु बैंकले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर, एनआइसी एशिया बैंकले भने ब्याजदर बढाएको छ । एनआईसी बैंकले मुद्दती निक्षेपमा ब्याजदर […]

प्रधानमन्त्रीले विश्वासको मत लिने

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज […]

सहकारीको ऋण तिर्न ललितपुर महानगरपालिकाको आग्रह

Artharajniti   ~   ललितपुर महानगरपालिकाले सहकारीको ऋण तिर्न आग्रह गरेको छ । महानगरपालिकाले बुधवार एक सूचना जारी गर्दै सहकारी संस्थामा ऋणी सदस्यहरूले लिएको ऋण रकम चुक्ता गर्न भनेको हो । सहकारी संस्थाबाट सदस्यहरूको बचत रकम नै कर्जाको रूपमा प्रवाह हुने र ऋणी सदस्यहरूले समयमा नै आफूले भुक्तानी गर्नु पर्ने साँवा तथा ब्याज फिर्ता नगर्दा बचतकर्ताकाे बचत […]

गृहमन्त्री लामिछानेद्वारा देशभरका प्रहरीलाई आग्रह

Artharajniti  ~  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन् । आज फेसबुकबाटै उनले देशभरका प्रहरीलाई निर्देशन दिँदै  भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ […]

ऋण लिएर सेयर किन्ने बढे, ७ महिनामा ८.८६ अर्ब सेयर धितो कर्जा प्रवाह

Artharajniti  ~   बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरु बढेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा सेयर धितो कर्जा ११.६ प्रतिशतले बढेको छ। चालु वर्ष माघसम्म बैंकहरुले ८५ अर्ब १७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन। गत असारको तुलनामा यो रकम ८ अर्ब ८६ करोड ३७ […]

बंगलादेशलाई बेच्ने बिजुलीकाे मूल्यमा सहमति

Artharajniti   ~  नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यमा सहमति भएको छ । यद्यपी दुई देशका अधिकारीबीच औपचारिक रुपमा हस्ताक्षर हुन बाँकी छ । बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य प्रति युनिट ८ देखि ९ रुपैयाँकाे बीचमा टुंगिएको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले जानकारी दिए । दुवै देशका उच्च सरकारी तहबाट सहमती प्राप्त भएपछि विद्युत् बिक्रीसम्बन्धी हस्ताक्षर हुने उनले […]

राष्ट्रिय सभाको निर्वाचन अघि गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता

Artharajniti  ~  सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधि […]

बैंकका मोबाइल एपबाट भुक्तानी गर्न समस्या

Artharajniti  ~ आज बिहानदेखिनै केहि बैंकका मोबाइल एपहरुमा समस्या देखिएको छ। यसैगरी मोबाइल वालेटहरुमा पनि भुक्तानीको समस्या आएको छ। मोबाइल बैंकिङ्ग प्रयोग गर्ने पसलेहरु र ग्राहकहरुले बिहानैदेखि भुक्तानीको समस्या भोगेका छन्। गठ्ठाघरस्थित खुद्रा पसले राजिवले आज बिहानदेखि मोबाइल वालेटबाट भुक्तानीमा समस्या आउँदा केहि ग्राहकहरुले सामाननै नलगेको बताए। उनकाअनुसार केहि बैंकको एप पनि नखुलेपछि अप्ठ्यारो परेको […]

सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति

Artharajniti   ~  सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर उक्त आयोगको […]

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

Artharajniri  ~  नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । कूल निक्षेप मध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक […]