गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा बागमती सरकारले लगानी गर्ने

Artharajniti  ~   चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौँडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो । उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने […]

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए  । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल […]

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार)  भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको निरीक्षणमा जाने भएका छन् । शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेका हुन् । यसअघि राष्ट्रपति पौडेलले २० कात्तिक देखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न स्थानीयको तीव्र दबाब

Artharajniti  ~  नेपाल वायुसेवा निगमले साताको एक दिन मलेसियाबाट भैरहवामानसम्म उडान गर्ने गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हप्ताको एक दिन यही एक मात्रै अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । नेपालको दोस्रो व्यावसायिक अन्तर्राष्ट्रिय विमानस्थलको भनिएको यो विमानस्थलमा  नियमित हुनुको साटो अन्तर्राष्ट्रिय उडान बेला बेला बन्द हुने गरेको छ । हाल राष्ट्रिय ध्वजावाहकले […]

नेपालमा लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री डा. महत

Artharajniti  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा गरिएको लगानीबाट लगानीकर्ताले नाफा कमाएको पर्याप्त उदाहरण रहेको बताएका छन् । आजदेखि सुरु ३७औँ क्यास्सी सम्मेलनमा सम्बोधन गर्दै विदेशी लगानीबाट पर्याप्त नाफा कमाएको उदाहरण रहेको बताएका हुन् ।उनले भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषण गरेको स्मरण गर्दै बिजुली र सौर्य ऊर्जा लगानीका मुख्य क्षेत्र हुन सक्ने […]

सभापति लामिछाने : “६ महिनामा एउटा मात्र कानुन बनाइनु लज्जाको विषय हो “

Artharajniti ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्‍ प्रभावहीन बनेको बताएका छन्। उनले बिहिबार प्रतिनिधि सभाको बैठकमा ६ महिनामा बजेटसँग सम्बन्धित बाहेक जम्मा एउटा मात्र विधेयक पास गरिनु लज्जाको विषय भएको बताए। ‘एउटा बैठकमा १० लाखका दरले ६ करोड १० लाख खर्च भयो तलब बाहेक। तर संसद्ले बजेटसँग सम्बन्धित बाहेक मात्र एउटा कानुन बनायो। […]

महसुल नतिर्ने ग्राहकविरुद्ध प्राधिकरण आक्रामकरुपमा प्रस्तुत

Artharajniti  ~  नेपाल विद्युत प्राधिकरण महसुल नतिर्नेविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ। प्राधिकरणले बिजुलीको महसुल नतिर्ने ग्राहकको लाइन धमाधम काट्न थालेको छ। उसले ४ दिनमा १२ हजारभन्दा बढी ग्राहकको लाइन काटिदिएको हो। पूर्वराजा ज्ञानेनन्द्र शाहको नागार्जुन दरबारको लाइन पनि काटिएको छ। पटक पटक ताकेता गर्दा पनि महसुल तिर्न अटेर गरेपछि लाइन काट्न थालेको प्राधिकरणका वितरण तथा […]

फागुन १ लाई युद्ध दिवसका रूपमा मनाउन पौडेलको चुनौती

Artharajniti  ~  नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले फागुन १ लाई उत्सवका रूपमा लिएर जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि नेपाली जनताले उक्त दिन उत्सव मनाउन नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पौडेलले फागुन १ मा हिंसा सुरु भएको दिन भएको भन्दै त्यसलाई नेपाली जनताले उत्सव मनाउन नसक्ने बताए । उनले बरु […]

“पैसा खाएर बसेको मेयरहरूको बैठक बहिष्कार गरेको हो “- बालेन शाह

Artharajniti  ~  बुढानिलकण्ठको एउटा रिसोर्टमा मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार राति आफ्नो सामाजिक सञ्जालमा त्यसबारे टिप्पणी गरेका छन्।उपत्यकाका अन्य १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक राखेकाले बहिष्कार गरेको उनले बताएका छन्।उपत्यकाका अन्य नगरपालिका प्रमुखहरूमाथि ‘देश बेच्न खोजेको’ आरोप लगाउँदै मेयर बालेनले काठमाडौं महानगर भने बिक्रीमा […]

रिगललाई आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च

Artharajniti   ~  सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला आज सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय […]