यौन दुर्व्यवहार गरेको उजुरी परेपछि एसएसपी सौरभ राणा निलम्बित

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उहाँलाई निलम्बन गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उप(सचिव उमाकान्त अधिकारीले बताए । उनका अनुसार राणालाई बिहीबार निलम्बन गरिएको हो । साथै गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि […]

मेयर शाक्यले गरे चावहिलमा सार्न मिल्ने पुलको सिलान्यास, असार २७ गतेभित्र बनिसक्ने

काठमाडौँ । महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ । निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार […]

गृहसचिव प्रेमकुमार राईद्वारा राजीनामा, आइतबार बिदाइ गरिने

काठमाडौं।  गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले पदबाट राजीनामा दिएका छन् । सचिव राईले माघ २० गतेदेखि लागू हुने गरी मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष राजीनामा बुझाएका हुन् । २२ माघ २०७१ मा सचिवमा बढुवा भएका राई आगामी २२ गतेदेखि पदावधि सकिएर अनिवार्य अवकाशमा जाँदै छन् । हाल कार्यान्वयनमा रहेको निजामति सेवा ऐन २०४९ मा नेपाल सरकारको […]

प्रतिनिधिसभा बैठक आज बस्दै , यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठकमा राष्ट्रियसभाबाट पारित भएका विधेयकको सन्देश जानकारी गराउनुका साथै संवैधानिक आयोगका बार्षिक प्रतिवेदनहरु पेश हुनेछन्। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने कार्यसूची रहेको छ। त्यस्तै नेपाल इन्जिनियरिङ परिषद (पहिलो संसोधन) विधेयक २०७६ र संघ, प्रदेश […]

४७ वर्षपछि युरोपेली युनियनबाट अलग्गियाे बेलायत, प्रधानमन्त्री जोन्सनले दिए यस्ताे प्रतिक्रिया

काठमाडौं । युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो । ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए । बेलायती […]

२३ बालबालिकालाई बन्धक बनाउने सुभाष प्रहरी इन्काउन्टरमा मारिए, केहि प्रहरी पनि घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको प्रहरी कारबाहीमा मृत्यु भएको छ । कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालकलाई उद्धार गरिएको बीबीसीले उल्लेख गरेको छ। मोहित अग्रवालका अनुसार अपहरणकारीले प्रति बालक एक करोड रुपैयाँ फिरौती […]

एमसीसी परियोजनालाई राजनीतिक दाउपेचको मसला बनाउनहुन्न- मन्त्री बास्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना एमसीसी नेकपा केन्द्रीय कमिटिमा पास हुने दावी गरेका छन् । बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले प्रधानमन्त्रीले एमसीसी पास गर्ने बताउँदै आएको भन्दै सो परियोजना कार्यान्वयनमा गइसकेको जानकारी दिए । उनले एमसीसी परियोजनालाई राजनीतिक दाउपेचको मसला बनाउन नहुने बताउँदै नेपालको […]

प्रधानमन्त्री र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा […]

प्रचण्डले औंल्याए सरकारका यस्ता ६ कमजोरी, पार्टीभित्र अन्तरघात र अराजकता मौलाएको ठहर

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले सरकारको काम गराइ र पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सरकारले ठूला कुराहरु गरिरहँदा स-साना कामहरुमा ध्यान दिन नसकेको, विधेयकहरु बनाउँदा सरोकारवालाहरुसँग छलफल नगरेको, भ्रष्टाचार नरोकिएको लगायतका कमजोरी प्रचण्डले औंल्याएका छन् । त्यसैगरी, पार्टीभित्र अहिले घात, अन्तरघात र अराजकताको स्थिति रहेको प्रचण्डको विश्लेषण छ । ‘उल्लेख्य सफलताका […]

सानातिना मतभेदलाई बिर्सेर शहीदका सपनालाई विपनामा रुपान्तर गर्न सङ्कल्प गरौँ – देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गरेका छन् । शहीद दिवसका अवसरमा एक सन्देश जारी गर्दै सभापति देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त एवं समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार […]