यौन दुर्व्यवहार गरेको उजुरी परेपछि एसएसपी सौरभ राणा निलम्बित

RBB

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उहाँलाई निलम्बन गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उप(सचिव उमाकान्त अधिकारीले बताए ।

उनका अनुसार राणालाई बिहीबार निलम्बन गरिएको हो । साथै गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरिसकेको छ ।

धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेको र उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पिडीत बनेको जानकारी गराउनु भएको थियो । तर आरोपित निलम्बित राणाले आरोप अस्विकार गर्दै आउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्