डडेल्धुरामा नेकपा गाउँपालिका अध्यक्षको अपहरण, घाइते अवस्थामा प्रहरीद्वारा उद्दार

Machchapuchchre

आलिताल । डडेल्धुराको आलीतालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको गाउँपालिका कमिटी अध्यक्ष अपहरणमा परेका छन् । डडेल्धुराको आलीताल गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र जोशी अपरिचित व्यक्तिको अपहरणमा परेका हुन् ।

यद्यपि अहिले भने प्रहरीले उनको उद्दार गरिसकेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जोशीलाई उद्दार गरिएको जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार अपहरण गर्ने व्यक्तिले अध्यक्ष जोशीमाथि कुटपिट गरेका छन् । जोशीलाई आलीताल गाउँपालिका–३ बाट उद्दार गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

‘आलीताल गाउँपालिका–३ बाट उहाँको उद्दार भइसकेको छ । अपहरण गर्ने व्यक्तिले उहाँमाथि कुटपिट गरेका देखिएको छ । कुटपिटबाट घाइते भएका कारण उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ,’ डिएसपी न्यौपानेले भने ।

आलीताल गाउँपालिकास्थित प्रहरी चौकीका एक कर्मचारीका अनुसार जोशीको आलीतालस्थित स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको छ ।

प्रहरीले अध्यक्ष जोशीको अपहरणमा संलग्न व्यक्ति भने फरार भएका जनाएको छ । उनीहरुको खोजी शुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्