सरकारको निर्देशनमा अख्तियारले गच्छदारलाई फसाउन खोज्यो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सिंहले ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रभावित बनाएको आरोप लगाएका हुन् । गच्छदारलाई फसाउन खोजेको भन्दै उनले ललितानिवास जग्गा प्रकरणको मुख्य नाइकेलाई छाडेर राजनैतिक पूर्वाग्रहले छानी छानी मुद्धा दायर गरेको आरोप पनि सिंहले […]

नेकपाले चयन गर्‍यो ३६ मुलुकका प्रवास कमिटीको नेतृत्व (सूचिसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको २३ महिनापछि प्रवास कमिटीको नेतृत्व चयन गरेको छ । प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गरेको नेकपाले ३६ देशमा क्रियाशील आफ्नो संगठनको अध्यक्ष र सचिवको टुंगो लगाएको हो । नेकपाले चयन गरेको ३६ मूलुकका […]

ट्रम्पलाई फोन गरेर सीले भने- कोरोनाविरूद्ध हामीले जनयुद्ध घोषणा गरेका छौं

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसको सन्त्रास विश्वभरि फैलिएका बेला ट्रम्प र सीबीच टेलिफोनमा कुराकानी भएको हो। ‘कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि स्रोतको परिचालन र तीव्र काम गरेर हामीले विस्तृत र निकै कडा मापदण्ड अपनाएका छौं। हामीले रोकथाम र नियन्त्रणका […]

विराटनगर पुगेर माधवकुमार नेपालले भने- ललिता निवास प्रकरणमा म दोषी छैन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रकरणमा आफू दोषी नभएको बताएका हुन् । ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर […]

एमसीसी नेपालको हितमा छ, यसलाई स्वीकृत गर्नुपर्छ – माधवकुमार नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान पत्रकारसँगको भेटघाटमा उनले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा […]

सिन्धुलीको आश्रममा तपस्वी बमजनलाई नभेटेपछि रित्तो हात फर्कियो प्रहरी

काठमाडौं । शुक्रबार विहान तपस्वी रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ । सुक्रवार बिहान पुगेको प्रहरी टोली उनलाई नभेटेपछि रित्तोहात फर्किएको हो । सिन्धुलीमाडीमा भएको आशंकामा उनलाई खोज्न जिल्ला प्रहरी कार्यालयको टोली आश्रम गए पनि नभेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । बमजनमाथि आश्रमबाट अनुयायी बेपत्ता पारेको […]

प्रतिनिधिसभा बैठक बस्दै, गच्छदारकाे बिषयलाई लिएर आज पनि कांग्रेसले अवरोध गर्नसक्ने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय भएको छ । बिहीबार(हिजो) बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । कांग्रेस नेता विजय गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको थियो । ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस […]

नीतिगत विषयले कसैलाई कारबाही गर्न सकिएन भन्ने अख्तियारको भनाइ गलत – भीमार्जुन

काठमाडौं । बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले नीतिगत विषयलाई लिएर ललितानिवास जग्गा प्रकरणमा कारबाही गर्न सकिएन भन्ने अख्तियारको भनाई गलत रहेको बताएका छन् । आचार्यले सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै नीति तर्जुमा गर्नु र निर्णय लिनु फरक पाटो भएको भन्दै ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने विषयमा मन्त्रीपरिषदले नीति तर्जुमा नभई निर्णय गरेकोले […]

ललिता निवास प्रकरण : किर्ते र ठगीमा पनि कारबाही अघि बढ्दै

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास अनियमितता प्रकरणमा संलग्न १७२ जनामाथि किर्ते र ठगीको मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको भोलिपल्टै प्रहरीले गृह मन्त्रालयलाई जाहेरीका लागि पत्राचार गरेको हो । स्रोतका अनुसार सीआईबीले गृहलाई बिहीबार पत्र पठाउँदै ठगी र […]

विदेशीलाई श्रम स्वीकृतिमा सहजीकरण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विकास सहायता तथा प्राविधिक मिसनको सिलसिलामा नेपाल आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय गरेको छ । यही माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो प्रयोजनका लागि नेपाल आउने विदेशी विज्ञ, परामर्शदाता, कर्मचारी, स्वयंसेवक तथा कामदारलाई प्रवेशाज्ञा र कार्यसहमति प्रदानमा सहजीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा […]