सिन्धुलीको आश्रममा तपस्वी बमजनलाई नभेटेपछि रित्तो हात फर्कियो प्रहरी

Machchapuchchre

काठमाडौं । शुक्रबार विहान तपस्वी रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ । सुक्रवार बिहान पुगेको प्रहरी टोली उनलाई नभेटेपछि रित्तोहात फर्किएको हो ।

सिन्धुलीमाडीमा भएको आशंकामा उनलाई खोज्न जिल्ला प्रहरी कार्यालयको टोली आश्रम गए पनि नभेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

बमजनमाथि आश्रमबाट अनुयायी बेपत्ता पारेको उजुरी परेको छ । उनको आश्रममा गएका ४ जनाको अभिभावकले आफ्ना सन्तान बेपत्ता भएको भनी प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले उनलाई खोजी गरे पनि अहिलेसम्म नभेटिएको बताइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्