ट्रम्पलाई फोन गरेर सीले भने- कोरोनाविरूद्ध हामीले जनयुद्ध घोषणा गरेका छौं

Machchapuchchre

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसको सन्त्रास विश्वभरि फैलिएका बेला ट्रम्प र सीबीच टेलिफोनमा कुराकानी भएको हो।

‘कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि स्रोतको परिचालन र तीव्र काम गरेर हामीले विस्तृत र निकै कडा मापदण्ड अपनाएका छौं। हामीले रोकथाम र नियन्त्रणका माध्यमबाट हामीले यो महमारीविरूद्ध जनयुद्ध घोषणा गरेका छौं,’ सीलाई उद्धृत गर्दै सिसिटिभीले लेखेको छ।

कुराकानीका क्रममा सीले ट्रम्पससँग कोरोनाभाइरससँग लड्ने आत्मविश्वास र क्षमता चीनसँग रहेको उल्लेख गर्दै चिनियाँ अर्थतन्त्रको दीर्घकालीन सकारात्मक ट्रेन्ड परिवर्तन नहुने बताएको ग्लोबल टाइम्सले जनाएको छ।

कोरोनाभाइरस फैलिएदेखि नै ले चीन सरकार र चिनियाँ नागरिकले यसविरूद्ध लड्न कुनै कसुर बाँकी नराखेको सीको भनाइ थियो। यसअघि चीनले कोरोनाभाइरससँग लड्न अमेरिकाले सहयोग नगरेको बरू संसारभरि त्रास फैलाएको आरोप लगाएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्