बालुवाटार जग्गा प्रकरणबारे मुख खाेल्दै गच्छदारले भने – म निर्दोष छु

Machchapuchchre

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्धा चालाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपभापति विजयकुमार गच्छदारले बल्ल मुख खोलेका छन् । उनले ललिता निवास जग्गा घोटाला प्रकरणमा आफू निर्दोष रहेका प्रतिक्रिया दिएका छन् ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसंग प्रतिकृया दिंदै उनले भने, ‘मैले कुनै कानुन बदलेर निर्णय गरेको होइन । मन्त्रिपरिषद् बैठकबाट त्यो बेला निर्णय भएको हो । जुन निर्णय संविधान र कानुन सम्मत भएको थियो । यसमा म दोषी हुनुपर्ने कारण छैन ।’ गच्छदारले पार्टीले आफ्नो पक्षमा लिएको अडान नै आफ्नो अडान रहेको बताए ।

उनले भने, ‘तपाईँले देखिराख्नु भएको छ । पार्टीले राजनीतिक रुपमा एकखालको अडान लिएको छ । कानुनी प्रक्रियाबारे पनि कानुन विज्ञसँगै पार्टीले सुझाव लिइरहेको छ । पार्टीको नीति अनुसार म अघि बढिरहेको छु ।’ उनी यस विषयमा थप बोल्न चाहेनन् । उनले भने, ‘म यसबारेमा अहिले बोल्ने पक्षमा छैन । २७ गतेपछि थप के बोल्नुपरेमा बोलाँैला ।’ माघ २७ गते काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।गच्छदारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि काँग्रेस सामाजिक सञ्जाल, सदन र सडकमा उत्रिएको छ ।

अख्तियारले गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको केही घण्टामै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासम्मले सामाजिक सञ्जालका आक्रोश पोखेका थिए । यता अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा आफ्ना नेता विजयकुमार गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले सदन अवरोध गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्