ग्रामीण दूरसञ्चार पूर्वाधारका लागि दिइएको रकमको हिसाब खोजिन्छः मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटीएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताएका छन् । सञ्चार मन्त्रालयमा विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको १ करोड १८ लाख ६५ हजार अमेरिकी डलरबाट भएको कामकारवाहीको विवरण खोजिने बताएका […]

पर्यटनमन्त्री भट्टराई र इजरायली अर्थमन्त्री एलीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तथा इजरायलका उद्योग एवं अर्थमन्त्री एली कोहेनबीच भेटवार्ता भएको छ । इजरायल भ्रमणमा रहेका मन्त्री भट्टराइले विहीबार त्यहाँका उद्योग तथा अर्थमन्त्री काहेनलाई भेटेका हुन् । भेटवार्ताका क्रममा दुई देशका मन्त्रीबीच द्विपक्षीय लगानी, व्यापार र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ । यसअघि मन्त्री भट्टराईले गत मंगलबार […]

एमसीसीबारे अध्ययन गर्न सत्तारुढ नेकपाले गठन गरेको कार्यदलको समय १० दिन थप

काठमाडौं ।  मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताबारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले गठन गरेको कार्यदलको समय थप गरिएको छ । गत माघ १९ गते नेकपाको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो । १० दिनको समय उपलव्ध गराइएको कार्यदलको समयसीमा हिजो(बुधवार) सकिएको थियो । […]

तीन देशका राजदूतद्वारा राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । नेपालका लागि विभिन्न तीन देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यलय शितलनिवासमा विहीबार नेपालका लागि गणतन्त्र आयरल्याण्डका राजदूत ब्रेन्डन वार्ड, गणतन्त्र अर्मेनियाका राजदूत अर्मेन मर्तीरोस्यान र आइसल्याण्डका राजदूत गुडमुन्दुर अर्नी स्टेफेन्सनले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको […]

कांग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा – कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले “पार्टीलाई उठाउने सड्ढल्प अनि सड्ढल्प कार्यान्वयन गर्ने क्रममा केन्द्रीय महाधिवेशन” सफलता पुर्बक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको बागमती प्रदेशस्तरीय निर्वाचन अभिमुखिकरण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान हो।’ उनले राप्रपालाई कांग्रेस र कम्युनिस्टको बिकल्पको […]

जनयुद्ध दिवसकै दिन प्रचण्डकाे खुलासा – गिरिजाले ठूल्‍ठूला आक्रमण गर्नुस् भन्‍नुहुन्थ्यो

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल प्रचण्डले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाएको खुलासा गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा प्रचण्डले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्‍त्री एवं कांग्रेस सभापति कोइरालाले आक्रमणलाई मजबुत बनाउन भनेको कुरा स्मरण […]

काँग्रेसद्वारा पार्टी विधानका केही दफा निलम्बन, यस्ताे छ कारण

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विधानका दफा […]

नेकपाले जनयुद्ध दिवस मनाउँदै, प्रधानमन्त्री ओली पनि सहभागी हुने

काठमाडौं । सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन। तत्कालिन एमालेबृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं […]

तालिबान र अमेरिकाबीच फेब्रुअरी महिनाभित्रै शान्ति सम्झौता हुनसक्ने

दोहा । अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबान र अमेरिकाबीच यही फेब्रुअरी महिनाभित्र शान्ति सम्झौता हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगान अधिकारी र पश्चिमा मुलुकका कूटनीतिज्ञलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले दुई पक्षबीच कतारको राजधानी दोहामा सघन वार्ता भइरहेको र छिटोमा यही महिनाको अन्त्यसम्म शान्ति सम्झौता हुनसक्ने उल्लेख गरेको छ । तालिबान र अमेरिकाबीच शान्ति […]

मतदान स्थललाई मतदातामैत्री बनाउन राष्ट्रपति भण्डारीको सुझाव

काठमाडाैं । राष्ट्रपति विद्यादेवि भण्डारीले मतदान स्थललाई मतदातामैत्री बनाउन निर्वाचन आयोगलाई सुझाव दिएकी छन् । निर्वाचन आयोगले राष्ट्रपति समक्ष पेश गरेको २०७५र०७६ को प्रतिवेदन बुझ्दै यस्तो बताएकी हुन् । निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउन मतदान स्थल र केन्द्र निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदातामैत्री बनाउन सुझाव दिएकी हुन् । राष्ट्रपति भण्डारीले जेष्ठ […]