कांग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा – कमल थापा

Machchapuchchre

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले “पार्टीलाई उठाउने सड्ढल्प अनि सड्ढल्प कार्यान्वयन गर्ने क्रममा केन्द्रीय महाधिवेशन” सफलता पुर्बक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीको बागमती प्रदेशस्तरीय निर्वाचन अभिमुखिकरण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान हो।’ उनले राप्रपालाई कांग्रेस र कम्युनिस्टको बिकल्पको रुपमा अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको बताए ।

सक्रिय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने बिषयलाई नेताहरुले गम्भीरतासाथ लिई काम गर्न थापाको आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता दिपक बोहराले देशब्यापी रुपमा संगठन सुदृढीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी र नेतृत्व प्रती चलाईएको भ्रम र घेराबन्दीलाई तोडेर अघि बढ्नुको बिकल्प नभएको बताए । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३ सय पाँच प्रतिनिधिको सहभागिता थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्