एमसीसीबारे अध्ययन गर्न सत्तारुढ नेकपाले गठन गरेको कार्यदलको समय १० दिन थप

Machchapuchchre

काठमाडौं ।  मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताबारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले गठन गरेको कार्यदलको समय थप गरिएको छ । गत माघ १९ गते नेकपाको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

१० दिनको समय उपलव्ध गराइएको कार्यदलको समयसीमा हिजो(बुधवार) सकिएको थियो । कार्यदलका सदस्यहरुले १० दिनको अवधि एमसीसी सम्झौता बारेको अध्ययनमा व्यतित भएको भन्दै प्रतिवेदन तयार पार्न समय अपुग भएकाले थप समय माग गरेका थिए ।

सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसीको पक्षविपक्षमा बहस भएको थियो । केहीले एमसीसी तत्काल संसदबाट कार्यान्वयन हुनुपर्ने मत राखेका थिए भने केही नेताले अनुमोदन गर्न नहुने तर्क गरेका थिए । एमसीसी सम्झौता बारेमा समस्या देखिएपछि नेकपाको सचिवालयले तीन सदस्य कार्यदल गठन गर्ने सहमति गर्दै केन्द्रीय कमिटीबाट निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्