उपत्यकाका सम्पूर्ण नाका पूर्णरुपमा सील गर्न गृहको निर्देशन (बिज्ञप्ति सहित)

अर्थ राजनीति ~ काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सील गर्न गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ । कोरोना भाइरस कोभिड १९ को जोखिम बढीरहँदा सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौं उपत्यका प्रवेश गर्नेको सँख्या पनि दिनहुँ बढीरहेको पाइएको भन्दै गृहले सबै स्थानीय तहलाई काठमाडौं प्रवेशमा कडाइ गर्न परिपत्र गरेको हो । जेठ […]

कोरोनाका कारण नेपालमा अर्का व्यक्तिको मृत्यु, बचाउन अनेकौं प्रयास गरेपनि बचाउन नसकिएको (बिज्ञप्ति सहित)

अर्थ राजनीति ~ गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्यु प्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको निधन […]

कोरोनाले रेकर्ड तोड्दै: सम्भवत पहिलो पटक एकैदिन संक्रमित हुनेको संख्या एक लाखभन्दा बढी, नेपालमा ४४४ पुग्यो

अर्थ राजनीति ~ गत २४ घण्टाभित्रमा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना हो । कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका गरिब देशहरु पर्ने भनेर चिन्ता जताएका छन् […]

भारतको प्रतिक्रिया : नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य

अर्थ राजनीति ~ भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव उनले भनेका छन्, ‘नेपालले […]

कालिमाटी र मैतिदेबी सिल, काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या १९ पुग्यो

अर्थ राजनीति ~ महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बुधबार बिहानदेखि कालिमाटीक्षेत्र सिल गरिएको छ । त्यस्तै, मैतिदेवी बस्दैआएका जुम्ल्याहा दाजुभाइमध्ये एकजनामा कोरोना सङ्क्रमण देखिएपछि सो क्षेत्र पनि सिल गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, कालिमाटी वृत्त परिसरमा रहेका महानगरीय ट्राफिक प्रहरी र महिला […]

थप २५ जनामा सङ्क्रमण, कुल संख्या ४२७ पुग्यो

अर्थ राजनीति ~ कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे । बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो । अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण […]

थप १२ जना कोरोना संक्रमित, संक्रमितको संख्या कपिलवस्तुमा मात्र ५९ पुग्यो

अर्थ राजनीति ~  महराजगञ्ज नगरपालिकामा आज १२ जना कोरोना संक्रमित भेटिएका छन् । महराजगञ्जको सिसवा स्वास्थ्य चौकीमा संकलन गरिएको उनीहरुको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । आज भेटिएका १२ जनामध्ये महराजगंजका ९ जना र विजयनगर गाउँपालिकाका ३ जना रहेका छन् । उनीहरु […]

कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार

अर्थ राजनीति ~ नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ । अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ । यसअघि विभिन्न अनलाइनहरूले उपचाररत ती सङ्क्रमितकाे मृत्यु भएको समाचार प्रकाशित गरेका थिए ।

नेपालमा कोरोना संक्रमणका कारण अर्का एकजना व्यक्तिको मृत्य, कुल संख्या ३ पुग्यो

अर्थ राजनीति ~  नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको बताइएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो […]

नीति तथा कार्यक्रम बहुमतले पारित

अर्थ राजनीति ~ आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे । नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत […]