थप १२ जना कोरोना संक्रमित, संक्रमितको संख्या कपिलवस्तुमा मात्र ५९ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~  महराजगञ्ज नगरपालिकामा आज १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

महराजगञ्जको सिसवा स्वास्थ्य चौकीमा संकलन गरिएको उनीहरुको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । आज भेटिएका १२ जनामध्ये महराजगंजका ९ जना र विजयनगर गाउँपालिकाका ३ जना रहेका छन् ।

उनीहरु विजयनगरको जुटपानीको क्वारेन्टाइनमा बसेका थिए । भेटिएका सबै भारतबाट आएका व्यक्तिहरु हुन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्