राष्ट्रपतिले दिएकाे समयसीमा सकिँदै सरकार गठन अझै अन्याैलमा
अर्थ राजनीति ~ मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकाे तीन दिकाे समयसीमा बिहीबार साँझ ९ बजे सकिँदैछ तर नयाँ सरकार गठनकाे कसरतमा लागेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाकाे यादव-भट्टराई समूहले बहुमत पुर्याउन सकेका छैनन्। फलस्वरुप नयाँ सरकार गठन अन्याैलमा छ। २७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासकाे मत लिँदा संसदमा अनुपस्थित एमाले माधवकुमार […]
