आजबाट उपत्यकामा अत्यावश्यक बाहेक अन्य कार्यालय बन्द रहने

Machchapuchchre

अर्थ राजनीति  ~  निषेधाज्ञा थपिँएसँगै आजबाट काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेक कार्यालय पनि खोल्न नपाइने भएको छ। उपत्यकाका तीनै जिल्लामा प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द गर्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरि कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि अत्यवाश्यक बाहेकका कार्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ। सूचनामा भनिएको छ, “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ।”

त्यस्तै, अत्यावश्यक सेवाका कार्यालय पनि जनशक्ति घटाउन निर्देशन दिइएको छ। सेवा प्रवाहमा कुनै व्यवधान नआउने गरि न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। बुधबार राति १२ बजेबाट तेस्रो पटक थपिएको निषेधाज्ञा लागू भएको छ। यस पटक तीनै जिल्लाका प्रमखु जिल्ला अधिकारीले १३ जेठसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन्। यसअघि जारी गरिएको निषेधाज्ञा आज सकिँदै थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्