मुलुक गम्भीर संकटमा पर्दैछ : डा. बाबुराम भट्टराई

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् । त्यो सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको […]

प्रदेश २ का चार मन्त्री बर्खास्त भए

अर्थ राजनीति  ~  प्रदेश २  सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र […]

नेपाली कांग्रेस पनि अब सरकारमा

अर्थ राजनीति  ~  नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । थप भएका दुबै जना मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएका छन् । दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीका रुपमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट सपथ लिएका हुन् । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ […]

ओलीजी बाट हाम्रो माग सम्बोधन गरेपछि सहकार्य : नेता भण्डारी

अर्थ राजनीति  ~  नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग र मुद्दा सम्बोधन गरेपछि आफूहरु सरकारमा सहभागी भएको बताएका छन् । जसपाका नेता समेत रहेका उनले अब ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल पार्नका निम्ति आफ्नो ध्यान जाने बताए । आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री […]

उपप्रधानमन्त्रीबाट बिदा भएपछि ईश्वर पोखरेलको अपिल

अर्थ राजनीति  ~  सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उनले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने […]

एमाले र पूर्वमाओवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार हुँदै

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका ७ मन्त्रालयहरुमा […]

अष्ट्रेलियाले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

अर्थ राजनीति  ~  अष्ट्रेलिया सरकारले कोभिड-१९ महामारीविरुद्द अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरुलाई प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नेपाल आईपुगेको छ । अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका सो सामग्रीहरु नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई हस्तान्तरण गरेको काठमाडौं स्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ । उक्त सामग्रीहरु हस्तान्तरण गर्दै राजदूत […]

कोरोनाको तेस्रो लहरले बेहाल बनाउन सक्ने : विशेषज्ञ डाक्टर

अर्थ राजनीति  ~  नेपालमा कोरोनाको दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रूप नलेला भन्न नसकिने भन्दै सङ्क्रामक रोगका विशेषज्ञहरूले चेतावनी दिएका छन् । नेपालमा कोरोना सङ्क्रमितको उपचारमा सुरु देखि नै सक्रिय शुक्रराज सरुवा रोग अस्पतालका विशेषज्ञ डाक्टर […]

ललिता निवास प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना जारी

अर्थ राजनीति  ~  बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै […]

खनाल – नेपाल समुहको पदाधिकारी बैठक आज पनि बस्दै

अर्थ राजनीति   ~  नेकपा (एमाले)को  खनाल – माधव नेपाल समुहको जिल्ला कमिटी पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक आज पनि ११ बजेदेखि सुरु हुने भएको छ। शनिवारदेखि जारी भर्चुअल भेलामा हालसम्म २८ जनाले बोलेका छन्। बैठकमा सहभागीहरुले जिल्लाको वस्तुगत अवस्थासहित नेतृत्वलाई आगामी रणनीतिका लागि सुझाव दिने कार्यक्रम रहेको छ। सहभागीलाई पाँच मिनेट समय […]