साउदी अरबबाट कतार वा टर्की भएर नेपाल आउन सकिने व्यवस्था

अर्थ राजनीति  ~  नेपाल आउन चाहने यात्रुहरुले  साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाली स्वदेश फर्कन सक्ने भएका छन् । साउदी अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ । दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा अझै […]

प्रतिनिधिसभा विघटन : वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

अर्थ राजनीति  ~  प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुँदै छ । यसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।  इजलासमा राणासहित दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र  आनन्दमोहन भट्टराई रहेका छन् । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार […]

नेता योगेश र गोकर्णले भने – एकता गर्नु आत्मसमर्पण र गैरक्रान्तिकारी होइन

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी एकताका लागि भइरहेका वार्ता र संवादलाई नकारात्मक रूपमा नलिन आग्रह गरेका छन् । शुक्रबार एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटीमा बोल्दै एकताका लागि प्रयासरत यी दुई पार्टी एकता आत्मसमर्पण नहुने र त्यसका लागि भइरहेका पहल गैरक्रान्तिकारी नहुने बताएको […]

सत्ता सहकार्य गर्न निधिसँग उपेन्द्र यादवको प्रस्ताव

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश-२ मा सत्ता सहकार्य गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेका छन् । शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर यादवले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरे। ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश–२ को […]

खनाल-नेपाललाई ४ नेताको सुझाव – अबको आवश्यकता केपी सरकारको बहिर्गमन

अर्थ राजनीति  ~  नेकपा एमालको खनाल–नेपाल समूहका चार नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने सुझाव दिएका छन् । पोलिटब्यूरो सदस्यहरू जगन्नाथ खतिवडा , विजय पौडेल, प्रकाश ज्वाला र केन्द्रीय कमिटी सदस्य  राजेन्द्र राईले केपी ओलीले संविधानमाथि आक्रमण गरिरहेको ठहर गर्दै अब मिल्न नसकिने सुझाव दिएका हुन् । उनीहरूले ध्यानाकर्षण पत्र जारी […]

मेलम्चीको पानी वितरण एक महिना अवरुद्ध हुने

अर्थ राजनीति  ~  काठमाडौँ उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ । आयोजनाको कार्यविधि (प्रोटोकल)अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले करिब तीन महिना पानी वितरण भइसकेपछि सुरुङको […]

डेलीमेलको भ्रामक समाचारप्रति नेपाली दूतावास लण्डनको खण्डन

अर्थ राजनीति  ~ लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७) डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि […]

प्राप्त उपलब्धि गुम्ने खतरा देखियो : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको आवश्यतामा जोड दिएका छन ।‘जातीय छुवाछुत, भेदभाव, हिंसा सम्बन्धी संविधान र कानुनमा भएको […]

आजै मन्त्रीको नाम टुङ्गो लगाउने ठाकुर पक्षको तयारी, प्रधानमन्त्रीसँग छलफल

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे आजै सरकारमा सहभागी हुने सम्भावना रहेको ठाकुर पक्षका नेताहरुको भनाइ छ । सरकारमा सहभागी हुने विषयमा बिहीबार पनि ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको थियो । जसपाबाट […]

नयाँ शैक्षिक सत्रका लागि आवश्यक पुस्तक आउन थाल्यो

अर्थ राजनीति  ~  चितवनका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा पाठ्यपुस्तक आइसकेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा यहाँका विद्यालय छन् । जनक शिक्षा सामग्री केन्द्र भरतपुरका निमित्त प्रमुख केदारराज बिष्टका अनुसार अहिले यस केन्द्रमा कक्षा ४ देखि ११ सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेका […]