आजै मन्त्रीको नाम टुङ्गो लगाउने ठाकुर पक्षको तयारी, प्रधानमन्त्रीसँग छलफल

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे आजै सरकारमा सहभागी हुने सम्भावना रहेको ठाकुर पक्षका नेताहरुको भनाइ छ । सरकारमा सहभागी हुने विषयमा बिहीबार पनि ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको थियो । जसपाबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री सरकारमा जाने सहमति भएको छ । छलफलमा सहभागी कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले सरकारमा जाने कुरा पक्कापक्की भइसकेको र अहिले पार्टीमा त्यसैलाई अन्तिमरुप दिन छलफल भइरहेको बताए । आज एक बजे सरकारको विषयमा प्रधानमन्त्री ओलीसँग पुनः छलफल हुने उनले बताए । आज नै सपथग्रहण हुन्छ त भन्ने जिज्ञासामा उनले अहिले छलफल चलिरहेको र छलफल सकिएपछि मात्र केही भन्न सकिने प्रतिकृया दिए । जसपाबाट पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति भएको छ । उनी जसपा नेपालका संसदीय दलका नेता पनि हुन् । उनी बाहेक अरु को को सरकारमा जाने टुङ्गो लागेको छैन । नाममा टुङ्गो लगाएर प्रधानमन्त्री ओलीसँग पुन: छलफल गरेर अन्तिमरुप दिने तयारी छ । मन्त्रीहरुको आकांक्षीमा राजेन्द्र महतो सहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद,  अकवाल मियाँ, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा.सुरेन्द्र झा, उमाकान्त झा लगायतका रहेका छन् । गैर सांसद पनि मन्त्री बन्न पाउने प्रावधान भएकाले मन्त्रीको आकांक्षी धेरै देखिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्