सुनको भाउ आज ह्वात्तै घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  सुनकाे भाउ आज एकैदिन तोलामा पन्ध्र सयले घटेको छ। यस्तै चाँदी तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन ९३ हजार चार सय रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो। गएको आइतबार सुन तोलाको ९४ हजार रुपैयाँ थियो । सोमबार दुई सय रुपैयाँले बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलवार तीन सय रुपैयाँले बढेर ९५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । बुधवार सुनको भाउ स्थिर रहेर तोलाको ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।हिजो तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो। यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेर तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्