प्रधानमन्त्रीको आह्वानमा नेपाल-खनाल समूहको जवाफ

अर्थ राजनीति  ~  माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले  नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पार्टी एकताको आह्वानमा भ्रम सिर्जना गर्ने उद्देश्य रहेको ठहर भन्दै ६ वटै बुँदामा जवाफ दिएको छ ।पार्टी एकताका लागि ओलीले गरेको आह्वानको जवाफमा नेपाल-खनाल पक्षले वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा […]

माओवादी केन्द्रमा फर्किन हल्ला कपोकल्पित : नेता रायमाझी

अर्थ राजनीति  ~  नेकपा एमाले स्थायी कमिटीका सदस्य टोप बहादुर रायमाझीले माओवादी केन्द्रमा फर्किन लागेको समाचार कपोकल्पित भएको बताएका छन् । उनले पछिल्लो समय केही सञ्चार माध्यमहरुमा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पदलोलुपताको कारण पार्टी […]

भारतबाट सहयोग आबस्यक : प्रधानमन्त्री ओली

अर्थ राजनीति  ~  गम्भीर राजनीतिका सङ्कट र कोरोना महामारीबाट मुलुक गुज्रिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अपेक्षा गरे जति भारतले सहयोग नगरेको बताएका छन्। बीबीसी हिन्दीलाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। बीबीसी हिन्दीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिएको अन्तर्वार्तामा उनले भारतबाट पाइरहेको सहयोग र सो मुलुकसँगको  हालको सम्बन्धको बारेमा कुरा […]

राप्रपाका कमल थापाले भने– दुईवटा ‘अल्छी घोडा’ को चेपुवामा परियो !

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राप्रपाभित्र अन्तरविरोध चर्किएको हो । तीन अध्यक्ष रहेको राप्रपामा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधिसभा विघटनलाई हेर्ने नजरदेखि सरकारमा सहभागी हुनेसम्मको विषयमा दुई धार देखापरेको छ । राप्रपामा कमल थापासहित डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा अध्यक्ष रहेका छन् […]

ओलीको अभिव्यक्ति झुठ, भ्रामक र षड्यन्त्रपूर्ण रहेको प्रचण्डको भनाई

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण नेकपा एकताको प्रयास असफल भयो भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् । साथै प्रचण्डले ओलीको त्यस प्रकारको अभिव्यक्तिको निन्दा र भत्र्सना समेत गरेका छन् ।‘ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने […]

योगेश भट्टराई : अध्यक्ष ओलीको आह्वान सकारात्मक

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यसले कार्यदल स्तरको छलफललाई निरन्तरता दिने बाटो खोलेको उनले बताएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि ६ बुंदे प्रस्ताब अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ […]

शैक्षिक प्रमाणपत्र बुझाएर २५ लाख ऋण कसरि पाइन्छ ?

अर्थ राजनीति  ~  शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक वर्षको बजेटले २५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ । तर यसलाई बिलकुलै सरकारको नयाँ कार्यक्रमको रुपमा बुझ्नेहरू पनि छन्  तर, ऋण लिन त्यति सजिलो भने छैन । नेपाल […]

पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेट्ने पक्षका ओली

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह ५ बजेसम्म मन्त्रिपरिषद  विस्तार गरिसक्ने योजना बनाएका थिए  तर, माधव नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयासस्वरुप आइतबार मन्त्रिपरिषद विस्तार भएन । प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका थिए । यसका लागि अधिकांश नाम […]

प्रधानन्यायाधीश राणा बिरामी भएपछि आज संवैधानिक इजलास नबस्ने

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ। प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए। उनी बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएको संवैधानिक इजलासमा रहेका एक न्यायाधीशले  जानकारी दिए। प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा के […]

सिंहदरबारमा नवनियुक्त मन्त्रीको चहलपहल देखियो

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अबेर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि शपथ लिएलगत्तै केही मन्त्रीहरुले शुक्रबार राति नै जिम्मेवारी सम्हाले । भोलिपल्ट शनिबार सार्वजनिक विदा भएकाले धेरै मन्त्रीहरु भने आइतबार मात्र सिंहदरबार पुगे ।निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान छ । तर सिंहदरबारभित्र भने बेग्लै चहलपहल छ । आइतबार सिंहदरबारमा विभिन्न मन्त्रालय पुग्दा हालै नियुक्त […]