ओलीको अभिव्यक्ति झुठ, भ्रामक र षड्यन्त्रपूर्ण रहेको प्रचण्डको भनाई

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण नेकपा एकताको प्रयास असफल भयो भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् । साथै प्रचण्डले ओलीको त्यस प्रकारको अभिव्यक्तिको निन्दा र भत्र्सना समेत गरेका छन् ।‘ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु’ अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत सोमबार भनेका छन् । आइतबार प्रधानमन्त्री ओलीले एमाले एकताका लागि भन्दै सार्वजनिक गरेको  ६ बुँदे प्रस्तावमा प्रचण्डका अनिच्छाका कारण नेकपा एकता असफल भएको बताएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्