पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेट्ने पक्षका ओली

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह ५ बजेसम्म मन्त्रिपरिषद  विस्तार गरिसक्ने योजना बनाएका थिए  तर, माधव नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयासस्वरुप आइतबार मन्त्रिपरिषद विस्तार भएन । प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका थिए । यसका लागि अधिकांश नाम समेत तयार भइसकेको थियो । मन्त्री नियुक्तिका लागि आइतबार दिउँसो प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले नेताहरुसँग छलफल गरेका  थिए । तर, सो छलफलमा मन्त्रिपरिषद विस्तारलाई रोकेर नेपाल – खनाल  पक्षसँग एकताको प्रयास गर्ने नेताहरुबीच सहमति भयो र ओलीले साँझ वक्तव्य जारी गरे । शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको थियो । एमालेका केही मन्त्रीहरुलाई विदा गरिएका कारण ७ वटा मन्त्रालय खाली थिए । खाली मध्ये रक्षा मन्त्रालय आफैंसित राखेर प्रधानमन्त्री ओलीले गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार मन्त्रालयमा आइतबार नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाएका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्