एनएमबि बैंकले विद्युतीय गाडी र साइकल किन्नका लागि पनि ऋण दिने

Machchapuchchre

अर्थ राजनीति  ~  स्वच्छ सफा र हराभरा वातावरप्रति प्रतिबद्धता देखाउँदै एनएमबि बैंकले विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना ल्याएको छ। विश्व वातावरण दिवसको अवसरमा बैंकले आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा आधार दरमै ऋण उपलब्ध गराउने भएको हो। गाडीको मूल्यको ८० प्रतिशतसम्म ऋण पाइने छ। ऋण अवधि ७ वर्षको हुने छ। प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटसमेत दिइने छ। बैंक र माउन्टेन बाइक विक्रेताहरु बीच जुन महिना भरी शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ।

यसअन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटी नेपाल झम्सिखेल, हिमालयन सिंगल ट्रेक ठमेल, काठमाडौं बाइक स्टेशन पानीपोखरी, साइकल ल्याण्ड काठमाडौंबाट माउन्टेन बाइकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्