माधव समूहले बोलायो स्थायी कमिटी बैठक

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् । बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

कोभिड महामारी : विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड दिने

अर्थ राजनीति  ~  कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ । विश्व बैंकको बोर्ड बैठकबाट उक्त प्रस्ताव स्वीकृत भएको विश्व बैंकको नेपालस्थित कार्यालयले जनाएको छ । ऋण सहायताका रुपमा प्राप्त हुने […]

प्रतिनिधिसभा विघटन अनिवार्य संवैधानिक परिघटना : प्रधानमन्त्री

अर्थ राजनीति  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापनाको कुरा गर्नु मुलुकलाई अस्थिरता र राजनीतिक अराजकतामा धकेल्नु भएको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे सर्वोच्च अदालतलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत बिहीबार जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले अब पनि प्रतिनिधिसभाको पुनर्स्थापनाको कुरा गर्नु मुलुकलाई थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा धकेल्नु भएको बताएका छन् । साथै प्रधानमन्त्री […]

कोषले साँवा नै खाइदिने भन्दै बैंकका पुराना कर्मचारी जागिर छोड्दै

अर्थ राजनीति  ~  सामाजिक सुरक्षामा जाँदा अहिलेसम्म जम्मा भएको पैसासमेत बुझाउनु पर्ने कानुनी ब्यवस्था भएको भन्दै पुराना बैंकहरुमा लामो समयदेखि काम गरेका कर्मचारीहरुले राजीनामा गर्न थालेका छन्। नबिल बैंकमा बुधबार मात्रै ५ जनाले राजीनामा गरेका छन् भने त्यसअघि अन्य चार जनाले राजीनामा गरिसकेका थिए। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा पनि केही कर्मचारीले राजीनामा गरिसकेका छन्। एभरेष्ट […]

नेकपा एमालेलाई जेठ २ मा फर्काउने ओलीको तयारी

अर्थ राजनीति   ~  बालुवाटारमा अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षको मागअनुसार २०७५ जेठ ३ अघिकै पार्टी संरचनाका आधारमा बैठक बोलाउँदै हुनुहुन्छ,’ ओलीनिकट एक नेताले  भने, ‘त्यो बैठकमा माधव नेपाल आउँछन् कि आउँदैनन् ? आएनन् भने ट्रयापमा पर्छन् ।’ जेठ ३ अघिको संरचनाअनुसार बैठक बस्नका लागि अध्यक्ष ओलीले आफ्नोतर्फबाट गर्नुपर्ने तयारी तीव्र […]

मन्त्री महासेठ –चीनबाट ४० लाख खोप ल्याउँदैछौं

अर्थ राजनीति  ~  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महासेठले चीनबाट ४० लाख डोज खोप किन्ने तयारी भइरहेको बताएका छन् । एक कार्यक्रममा  कुरा गर्दै मन्त्री महासेठले चीनसँग ४० लाख र अमेरिकाको जोनसन एण्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको उल्लेख गरे । हालै बसेको मन्त्रिपरिषद् वैठकले चीनको भेरोसेल खोप किन्न सैद्धान्तिक सहमति दिएको सरकारी स्रोतहरुले […]

मेलम्ची विपद् : यसले ठूलो क्षतिको पूर्वसंकेत गर्छ

अर्थ राजनीति  ~  मंगलबार राति मेलम्ची र यांग्री खोलामा गएको विनासबारी बाढीका कारण मेलम्ची बजार अस्तव्यस्त बन्यो । खोला छेउका करिब ३ दर्जन घरमा पूर्ण क्षति भयो भने करिब एक सय घर प्रभावित भए । पक्की घरका तीन तलामाथिसम्म नदीले बगाएर ल्याएको लेदो भरिएको छ । बाढीले २ वटा पक्की पुल बगाएको छ भने ३ […]

८ असारदेखि ७ देशमा नियमित उडान सुरु गर्ने तयारीमा सरकार

अर्थ राजनीति  ~  सरकारले धेरै नेपाली श्रमिक रहेका मुलुकहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय बुधबार बसेको सीसीएमसीको बैठकले गरेको हाे । यी देशबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गरिने छ । […]

कांग्रेस केन्द्रीय समिति बैठक आज, १४औँ महाधिवेशनबारे छलफल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि पदाधिकारी बैठकले महाधिवेशन १६ भदाैदेखि गर्ने निर्णय गरेकाे छ । उक्त निर्णयमाथि केन्द्रीय समितिमा छलफल हुने नेताहरूले बताएका छन् ।

महन्थ ठाकुरले यादवसहित १६ जनालाई हटाए

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव पक्षका नेताहरुलई हटाएर कार्यकारिणी समिति विस्तार गरेका छन् । उनले यादव सहित उनको समूहका १६ जना नेताहरुलाई हटाएर समिति विस्तार गरेका हुन् । ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव,रमेश यादव,मृगेन्द्र सिंह यादव,रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट […]