कर्णाली प्रदेशका तीन सांसदलाई मन्त्रीबाट राजीनामा दिन निर्देशन

अर्थ राजनीति  ~  नेकपा एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना आफ्ना सांसदलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले प्रदेश सरकारमा सहभागी अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई राजीनामा दिन निर्देशन गरेको हो । यी तीन जनासहित प्रकाश ज्वालाले बैशाख ३ गते प्रदेश सभामा […]

तत्कालै आन्तरिक उडान नखुल्ने- पर्यटनमन्त्री

अर्थ राजनीति  ~  पर्यटनमन्त्री उमाशंकर अरगरियाले कोभिड संक्रमणको उच्च जोखिम नै रहेकाले तत्कालै आन्तरिक उडान नखोल्ने जानकारी दिएका छन्।’अन्तर्राष्ट्रियतर्फ केही गन्तव्यमा साताको दुईवटा उडान गराउने तयारी भएको छ। कोभिड संक्रमणको जोखिम कायमै रहेकाले आन्तरिक तर्फका नियमित उडान तत्कालै खोल्ने सम्भावना छैन,’ उनले भने, ‘सीसीएमसीले सिफारिस गरेपछि एक/दुई सातापछि मात्रै उडान खुला गर्नेछौं।’उनका अनुसार आन्तरिक उडान […]

तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

अर्थ राजनीति  ~  एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बाेलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । गत वैशाख ३ गते यी ३ मन्त्रीसहित […]

योजना आयोग : पर्यटक आगमन पुरानै लयमा फर्कन दुई वर्ष लाग्ने

अर्थ राजनीति  ~  कोरोना भाइरसको महामारीका कारण अतिप्रभावित बनेको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कने अझै दुई वर्ष लाग्ने भएको छ । सरकारले स्वयम्ले यस्तो प्रक्षेपण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचनाको प्रक्षेपणअनुसार पर्यटक आगमन सन् २०१९ कै अवस्थामा फर्काउन अर्को दुई वर्ष लाग्ने छ । आर्थिक वर्ष अनुसार २०७६/७७ मा […]

कांग्रेस : सरकारले लकडाउनलाई सत्ता टिकाउने सुरक्षा कवज बनायो

अर्थ राजनीति  ~  सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रूपमा […]

जसपाद्वारा ओली सरकारमा गएका ९ मन्त्री निष्कासन

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टीको अध्यक्ष यादव – भट्टराई  पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको यादव – भट्टराई  पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले  महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा,  शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशकर अरगरिया, एकबाल मियाँ,  विमल श्रीवास्तव […]

पूर्वमन्त्री बस्नेतद्वारा मेलम्चीमा राहत सामग्री सहयोग

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाएको छ । विपद् पीडित बनेका यहाँका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा सामग्रीका साथ एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ […]

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिन माग

अर्थ राजनीति  ~  राष्ट्रिय व्यापार सङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ । सङ्घको टोलीले बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापार व्यवसायमा समस्या परेको जनाउँदै स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको हो । सङ्घका […]

बढीपहिरोले मुलुकका विभिन्न स्थानमा ११ जनाको मृत्यु

अर्थ राजनीति  ~  मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ । मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको हो । जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह […]

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

अर्थ राजनीति  ~  नव नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि प्रदेश प्रमुखसमक्ष बहुमतको आधार पेस गरेर गत जेठ २९ गते पोखरेल मुख्यमन्त्री बनेका हुन्। त्यसको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत पुष्टि गर्नुपर्ने […]