८ असारदेखि ७ देशमा नियमित उडान सुरु गर्ने तयारीमा सरकार

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले धेरै नेपाली श्रमिक रहेका मुलुकहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय बुधबार बसेको सीसीएमसीको बैठकले गरेको हाे । यी देशबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गरिने छ । सीसीएमसीकाे बैठक प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको थियाे । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ । खर्च यतिउति दिने विषयमा निर्णय नभएको सीसीएमसीले जनाएको छ ।यसैगरी गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरूप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्