महन्थ ठाकुरले यादवसहित १६ जनालाई हटाए

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव पक्षका नेताहरुलई हटाएर कार्यकारिणी समिति विस्तार गरेका छन् । उनले यादव सहित उनको समूहका १६ जना नेताहरुलाई हटाएर समिति विस्तार गरेका हुन् । ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव,रमेश यादव,मृगेन्द्र सिंह यादव,रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट हटाएको बताइएको छ। समितिमा थप हुनेमा खेलकुद मन्त्री एकबाल मियाँ, पर्यटन मन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सन्तोष मेहता, सुरेन्द्र झा लगायत रहेका छन् । ठाकुरले कार्यकारिणी समिति हेरफेर गरेको सूचना आयोगमा पठाउने तयारी गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्