विपक्षी गठबन्धन : पत्रकारसँग आज अन्तर्क्रिया गर्दै

अर्थ राजनीति ~  विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्दै छन् । शनिबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा रिपोर्टर अन्तक्रिया गर्न लागिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । उनका अनुसार अन्तक्र्रिया कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले (माधव समूह)का नेता माधव नेपाल, जनता समाजवादी […]

सभापति हुने इच्छा छ, सहयोग गर्नुस् : नेता पौडेल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आफूनिकट केन्द्रीय सदस्यहरुसँग आग्रह गरेका छन् । उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरुले मलाई सहयोग गर्नुपर्‍यो’ पौडेलले बैठकमा भने, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन […]

गृह मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई, स्वास्थ्यमा कृष्णगोपाल

अर्थ राजनीति  ~ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार मन्त्रीहरुको जिम्मेवारी थप र हेरफेर भएको हो । ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर अरु मन्त्रालय मन्त्रीहरुलाई थपिदिएका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ […]

माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध छन् – प्रभु साह

अर्थ राजनीति  ~  प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्। रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता […]

शशांक–प्रकाशमान-बिमलेन्द्र भेटः नेपाली कांग्रेसका तीन नेता एक ठाउँमा

अर्थ राजनीति  ~  आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व जसरी पनि दोस्रो तहमा झार्न कटिबद्ध बनेर लागेका तीन नेताबीचको छलफलले पार्टीभित्र नयाँ तरंग सृजना गरेको छ । सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सोमबारदेखि थालेको संवादलाई शुक्रबार पनि निरन्तरता दिएपछि पार्टी पंक्तिमा नयाँ तरंग पैदा गरेको हो । तीनै नेता […]

विपद् व्यवस्थापन र राहतको काम प्रभावकारी ढंगले गर्न प्रधानमन्त्रीको निर्देशन

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । जिल्लामा हालैको बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमति प्रदेशकमिटको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो […]

चीनबाट ४० लाख डोज भेरोसेल खोपको सुनिश्चितता

अर्थ राजनीति  ~  कोभिडविरुद्धको खोप भेरोसेल उत्पादक चिनियाँ कम्पनी सिनोफार्मले नेपाललाई आगामी अढाई महिनामा ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ । सरकारले यसअघि नै चीनबाट खोप खरिद गर्ने निर्णय गरिसकेको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपालले आफ्नो अनुकूलता अनुसार जुन महिनाभित्र १० लाख, जुलाईमा २० लाख र अगस्टमा १० लाख डोज खोप खरिद […]

सूर्य थापा : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक लगाएको थियो । सोही आदेशका सम्बन्धमा फेसबुकमा टिप्पणी गर्दै थापाले सर्वोच्चले आफ्नै नजिरविपरीत आदेश दिएको उल्लेख गरेका हुन् ।’२०७४ असोज […]

प्रधानमन्त्री ओलीले साँझ ६ बजे बोलाए आकस्मिक बैठक

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् । जेठ २१ गते विस्तार गरिएको मन्त्रीपरिषदमा नियुक्त भएका सबै मन्त्रीहरू निलम्बन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । निलम्बित एक मन्त्रीका अनुसार बालुवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको छ । उनले भने, ‘प्रधानमन्त्रीको सचिवालयबाट आज साँझ […]

आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सरकारको निर्णय

अर्थ राजनीति  ~  सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको […]