महाधिवेशन हारेका र आफूलाई सघाएकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै देउवा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा ‘मौन’ बसेका र पराजित भएका नेताहरूलाई केन्द्रीय समितिमा समेटेका छन्। देउवाले समावेशी सिद्धान्तका आधारमा केन्द्रीय समितिमा ३३ जनालाई मनोनीत गर्न पाउँछन्। शनिबार उनले नेता रामचन्द्र पौडेललाई पनि केन्द्रीय सदस्य मनोनीत गरे। पौडेल मंसिर २४ देखि २७ गतेसम्म भएको महाधिवेशनको प्रक्रियाबाटै अलग रहेका थिए। […]

प्रचण्डले दिउँसो १ बजे बन्दसत्रमा जवाफ दिने, अहिले स्थायी कमिटी बैठक जारी

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्दसत्र अन्तर्गत दिउँसो १ बजे प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका […]

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

अर्थ राजनीति  ~  दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताएका छन् । अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उहाँले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु […]

“एमाले पार्टी हैन, पाटीपौवा हो ” : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष नेपाल

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरे । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । […]

सत्तारुढ गठबन्धनभित्र राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा

अर्थ राजनीति  ~  आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ नेपाली काँग्रेस आन्तरिक छलफलमा छ । काँग्रेसले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको आन्तरिक रूपमा गृहकार्य गरिरहेको छ । यही पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले उम्मेदवार छान्न र सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन काँग्रेस तयारीमा जुटेको हो । महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको उम्मेदवार […]

प्रधानन्यायाधीशको परिवारको सम्पत्ति छानविन सुरु

अर्थ राजनीति  ~  सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तोकेको छ । उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकिएको हो । जबराले अकुत सम्पत्ति आर्जन गरेको र कसुरजन्य गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको भन्दै नागरिक अगुवाहरूले छानबिन माग गरेर आइतबार विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए […]

माओवादी बन्दसत्र : महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माग

अर्थ राजनीति  ~  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले भनेका छन्, ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । यसलाई पनि ख्याल गरिनुपर्छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’उनले जनवर्गीय […]

माओवादी छाडेका ‘बादल’सहितका नेताहरुलाई ‘लालगद्धार’ घोषणा गर्न माग

 अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका केही महाधिवेशन प्रतिनिधिले पार्टी छोडेर नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुलाई ‘लाल गद्धार’ घोषणा गर्न माग गरेका छन् । आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक वैचारिक दस्तावेजमाथि समूहगत छलफलको निष्कर्ष सुनाउँदै केही महाधिवेशन प्रतिनिधिहरुले यस्तो माग राखेका हुन् । प्रदेश १ को समूहका तर्फबाट टोली नेता हर्कबहादुर नेम्वाङले […]

प्रधानन्यायाधीश जबरा विरुद्धको उजुरी : छानबीन होला त ?

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनको परिवारका सदस्य र नातेदारविरुद्ध आइतबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी पर्‍यो । शक्तिको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा डा. गोविन्द केसीसहित बृहत नागरिक आन्दोलनका तर्फबाट उजुरी परेको हो । तर यसअघि नै विभागले प्रधानन्यायाधीश जबराका भाई प्रभुशम्शेर विरुद्ध प्राप्त विवरणहरु संकलन गरी फाइल खडा गरिसकेको थियो […]

” अहिले देशैभर काँग्रेसमा प्रवेश गर्नेको लहर छ ” : पूर्वमन्त्री शङ्कर भण्डारी

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा जनताको आकर्षण बढिरहेको बताएका छन् । नेपाली काङ्ग्रेस बन्दिपुर गाउँसमिति–५ ले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले काँग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गरे । “देशैभर काँग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ”, भण्डारीले भने, […]