मन्त्री रेणु यादव : ” मेराे शान्तिपूर्ण अभिव्यक्तिकाे अपव्याख्या गरियाे “

Machchapuchchre

अर्थ  राजनीति  ~  जसपा नेतृ एबम भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफूले केहि दिन अगाडी बोलेको बिसयमा कुनै किसिमको हिंसात्मक अभिव्यक्ति नदिएको जिकिर गरेकी छन् । ५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले सीके राउतप्रति लक्षित हुँदै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।  तर सोमबार एक वक्तव्य जारी गर्दै मन्त्री यादवले आफ्नो अभिव्यक्तिको अपव्याख्या भएको बताएकी छन् । उनले शान्तिपूर्ण विधि र प्रक्रियाबाट राजनीतिक गतिविधि गर्नुपर्ने आशय रहेकाे आफ्नाे अभिव्यक्तिकाे अपव्याख्या भएकाे जिकिर गरेकी हुन् । ‘शान्तिपूर्ण विधि र प्रक्रियाबाट राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसै-कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेकी छन् ।  उनले आफ्नो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको उल्लेख गर्दै आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको दाबी गरेकी छन् । उनले आफ्नो अभिव्यक्तिलाई सामान्य रूपमा लिन पनि अनुरोध गरेकी छन् । ‘मेरो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध गर्दछु । आगामी दिनमा यसप्रति सचेत रहनेछु’, उनले भनेकी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्