भारतको गणतन्त्र दिवस : आफ्ना समकक्षीलाई राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पत्र

Machchapuchchre

अर्थ राजनीति  ~  भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीहरूलाई छुट्टाछुट्टै पत्र पठाएर शुभकामना व्यक्त गरेका छन् । नेपालको तर्फबाट भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरलाई पत्र पठाइएको हो । राष्ट्रपति भण्डारीले पत्रमा भारतीय समकक्षीको सुस्वास्थ्य र खुसियालीको कामना गर्दै भारतको निरन्तर विकास र समृद्धिको कामना गरेकी छन् । भण्डारीले भारतको स्वतन्त्रताको ७५ औँ वर्षगाँठको अवसरमा पनि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै भारतले सामाजिक र आर्थिक क्षेत्रको विकासमा हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् । यता, परराष्ट्रमन्त्री खड्काले पनि भारतीय जनतालाई शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्