” कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’ पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको उनले […]

राष्ट्रपतिले मनोनीत नगरेका दुई जनालाई देउवाले फेरि बनाए राष्ट्रिय सभा उम्मेदवार

अर्थ राजनीति  ~  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू सातै प्रदेशका निर्वाचन अधिकृत कार्यालय पुगेर आज उम्मेदवारी दर्ता गर्दैछन्। बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ। सत्तारूढ गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि १२ राजनीतिक दलले यो निर्वाचनमा भाग लिने भएका छन्। […]

मेडिकल कलेजको शुल्क विवाद : विद्यार्थी आन्दोलित

चिकित्सा शिक्षा विधाअन्तर्गत, बीडीएस, बीएनएस र एमबीबीएस अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरू यतिबेला आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । अतिरिक्त शुल्क मागेको भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी), मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र पोखरास्थित मणिपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले शुल्क कम गर्नुपर्ने माग गर्दै आन्दोलन थालेका […]

माओवादीलाई साँघुरो भयो पेरिसडाँडा, व्यांक्वेटमा बोलाइयो केन्द्रीय समिति बैठक

अर्थ राजनीति   ~  अपुरो केन्द्रीय समिति घोषणा गर्दै आठौं राष्ट्रिय महाधिवेशन अन्त्य गरेको नेकपा माओवादी केन्द्रले आज पदाधिकारी चयनको तयारी गरेको छ । आज अपराह्न तीन बजे नवनिर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बसेर पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ । तर अपुरो केन्द्रीय समितिलाई नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा साँघुरो भएको छ । त्यसैले सानेपा हाइटस्थित […]

राष्ट्रियसभा चुनावमा भागबण्डा मिलाउन गठबन्धनका नेताहरुबीच बैठक

अर्थ राजनीति  ~  राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजेपछि गठबन्धनका शीर्ष नेताबीच राष्ट्रियसभामा गठबन्धन बनाएर जानेबारे छलफल जारी छ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर राष्ट्रियसभा चुनावमा जाने तयारीमा छन् । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० […]

जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीको बिरोध प्रदर्शन जारी

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । आज पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीले आन्दोलन गरेका हुन् । प्रर्दशनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि […]

स्वास्थ्य मन्त्रालय : “ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहनू “

अर्थ राजनीति  ~  स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ । पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो । सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण […]

एमसिसीविरुद्ध साना वामपन्थी दल सडकमा

अर्थ राजनीति  ~ एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् ।  नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा  विरोध  प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका […]

माओवादी स्थायी समिति बैठक सुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्दै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको […]

एमाले जिल्ला अधिवेशनमा करिब ६ सय प्रतिनिधि सहभागी हुने

अर्थ राजनीति  ~ नेकपा एमाले लमजुङको आसन्न जिल्ला अधिवेशनका लागि करिब ६ सय प्रतिनिधिहरूले सहभागिता हुने भएका छन् । आगामी २३ गते हुने आठौं जिल्ला अधिवेशनमा जिल्ला भरिबाट प्रतिनिधित्व गर्दै करिब ६ सय प्रतिनिधिहरूले सहभागिता जनाउने भएका हुन् । नेकपा एमाले जिल्ला संगठन अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार नेकपा एमाले लमजुङका अनुसार अधिवेशनको बन्दसत्रमा जिल्लाका ७५ […]