प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित

अर्थ राजनीति  ~  भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल्लेख गरेको छ । यो समिटमा भाग लिन जनवरी ९ तारेख अर्थात पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको […]

मन्त्री पौडेल केएमसीमा, २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन

अर्थ राजनीति   ~  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजमा पुगेका छन्। कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन्। मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर कलेजले लिइरहेको शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन पनि दिएका […]

ललितानिवासको जग्गा प्रकरण : पूर्वगृहसचिवसहित चार सयविरुद्ध पक्राउ पुर्जी

अर्थ राजनीति  ~  बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट चार सयभन्दा धेरै प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गर्न भने चासो दिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अन्तिम चरणमा पु¥याएको यो प्रकरणमा धेरैलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । बिचौलियाहरू शोभाकान्त ढकाल, रामकुमार […]

ऋण तिर्न नसकेपछि वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत

अर्थ राजनीति  ~  समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको हो । निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको […]

” दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ ” : महामन्त्री शर्मा

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताएका छन् । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे । झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व. तुर्सा हेमरमको २४ औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन […]

प्रधानमन्त्रीले सबै मन्त्रालयका सचिवसँग छलफल गर्दै

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले आज सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् । प्रधानमन्त्री देउवाले मन्त्रालयका सचिवहरुसँग अपराह्न ३ बजे सिंहदरबारमा छलफल गर्न लागेका हुन् । अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय गौरवका आयोजनाका […]

माओवादीले टुङ्गो लगायो राष्ट्रियसभाका उम्मेदवार, को को परे ?

अर्थ राजनीति  ~  सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाएका हुन् । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित […]

प्रधानमन्त्रीको भारत भ्रमणपछि रेल चल्ने टुंगो लाग्ने

अर्थ राजनीति  ~   जनकपुर–जयनगर रेल सञ्चालनको मिति प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि तय गरिने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यो विषय टुंग्याउने तयारी गरिएको छ । यद्यपि प्रधानमन्त्रीको भारत भ्रमणका मिति तय भइसकेको छैन । दुबै मुलुकको सहमतिमा उद्घाटनको मिति तय गरिने र कम्तीमा दिनको […]

प्रधानमन्त्री देउवा १० बजे धरान पुग्दै

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार बिहान धरान गएका छन् । ‘धरान डे’मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम तय थियो । स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कूलमा हुने कार्यक्रम देउवा सहभागी हुने कार्यक्रम छ । यस अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । देउवाले नेपाली […]

नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिंईदै

अर्थ राजनीति  ~  नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोध क्षमता कम […]