” समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन ” : नेता पोखरेल

अर्थ राजनीति ~   प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताए । पार्टी निकट […]

वैदेशिक रोजगारीका नाममा ठगिदै नेपाली युवा

अर्थ राजनीति  ~  वैदेशिक रोजगारीमा जाने कतिपय युवा अन्जानमा र कतिपय जानजान फस्ने गरेको पाइएको छ । सिप नसिकी जाने तोकिए भन्दा बढी पैसा रोजगारदाता लाई बुझाउने र कानूनी दायित्व पूरा नगरी विदेश जाँदा युवाले बढी दुःख पाइरहेका छन् । रोजगारीका लागि विदेशिने युवा धेरै जसो आफ्नबाटै पीडित हुने गरेको पनि पाइएको छ । विदेश […]

संसदमा एमसीसी अघि बढाउन प्रधानमन्त्रीको अग्रसरता

अर्थ राजनीति  ~  अमेरिकी सहायता परियोजना एमसीसी अघि बढाउने विषयमा निर्णायक पहल गरिरहेका प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल गरेका छन् । बालुवाटारमा देउवाले कानुनमन्त्री दिलेन्द्र बडू, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालसँग छलफल गरेका हुन् । संसदमा एमसीसीका बारेमा संकल्प प्रस्ताव लानुपर्ने […]

नेप्सेको सीईओमा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त

अर्थ राजनीति  ~  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषदको माघ १७ को बैठकले कार्कीलाई नेप्से सीईओको जिम्मेवारी दिएको हो। सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका कार्की पुँजीबजारबारे राम्रो दख्खल राख्ने बताइन्छ। निजामती सेवामा उपसचिव रहिसकेका उनी यसअघि बुढीगण्डकी जलविद्युत आयोजनामा परियोजना संयोजक थिए। पदीय […]

मानव अधिकार आयोग : ” उत्तेजनापूर्ण अभिव्यक्ति नदोहोर्‍याउनू “

अर्थ राजनीति  ~  उत्तेजना फैलाउने अभिव्यक्ति दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बोलाएर छलफल गरेको छ । छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगर र सदस्यहरुले मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालको र उत्तेजनापूर्ण अभिव्यक्ति दिनु गलत हुने बताएका थिए […]

” नेटवर्किङ व्यवसायमा जोडिएको भए तत्काल छाड्नु ” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । बीहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनले आग्रह […]

एमसीसीबारे सभामुख : “यो , बजेट जसरी संसदबाट पास हुँदैन “

अर्थ राजनीति  ~  सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिभिन्न राजनीतिक दलका नेता, विशेषज्ञ, कानुनविद लगायतसँग छलफल गरिरहेका छन् । भेटमा एमसीसी, संसदमा विचाराधीन विधेयक, जारी संसदको अवरोध खुलाउने विषय र संसदसँग जोडिएका विषयमा छलफल हुने गरेको छ । सरकारले एमसीसीलाई अघि बढाउन पहल थालेपछि सभामुख सापकोटा दबावमा छन् । तर, सभामुख सापकोटाले […]

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग

अर्थ राजनीति  ~  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बुधबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी फेरि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँको दरले तथा आन्तरिक […]

” डिजिटल प्रविधिमार्फत राजस्व चुहावट भयो ” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेको भन्दै त्यसतर्फ चासो बढाएका छन् । राजश्व राष्ट्रको रगत पसिना भएको भन्दै उनले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका हुन् । केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई मंगलबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए […]

स्थानीय तह निर्वाचन : प्रधानमन्त्री सहमत, गठबन्धनलाई मनाउन बाँकी

अर्थ राजनीति  ~  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन ४ जेठ २०७९ मा गर्न सरकारलाई सिफारिश गरेको छ । आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ५ जेठ कटाउन नहुने भन्दै स्थानीय तहको निर्वाचन एकै चरणमा ४ गते गर्न सिफारिस गरेका हुन् । अब सत्तारुढ गठबन्धनबाट ठूलो अवरोध नभए यही मितिमा निर्वाचन घोषणा हुने स्रोतको दाबी छ […]