एसपीपी सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

अर्थ राजनीति  ~ प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाएका […]

” एसपीपीबारे प्रधानमन्त्रीले संसद्‍मा जानकारी दिनुपर्छ ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे जानकारी दिनुपर्ने बताएका छन् । उनले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्‍लाई जानकारी दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले संसद्‍मा यो विषय उठेको सम्झौता कसको पालामा नेपाल छिरेको र सम्झौताको मर्मबारे जानकारी […]

मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनः निर्माणको काम

अर्थ राजनीति  ~  मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनः निर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।गत वर्ष […]

” यसै वर्षबाट किसानलाई पेन्सन दिइने ” : मन्त्री यादव

अर्थ राजनीति  ~   सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन् । मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन् । यसका लागि किसानले […]

” गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरबासीको सुन्छु ” मेयर बालेन

अर्थ राजनीति  ~  हेटौंडामा आयोजित स्थानीय सरकारको बैठक छोडेकोबारे काठमाडौं महानगरका  मेयर बालेन शाहले  स्पष्टीकरण दिएका छन्। बैठक तीन दिनको लागि आयोजना गरिएको थियो। तर मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर फर्किएका छन्। तीन दिने बैठकमा सहभागी हुन आइतबार नै हेटौंडा पुगेका बालेन र सुनिता एकदिन मात्र बैठकमा सहभागी […]

” कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्‍याउन सकिएन ” : शिक्षामन्त्री पौडेल

अर्थ राजनीति  ~ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले गत बर्ष असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएकोमा यो बर्ष १ महिना अगाडि सारिएको बताए । कोभिड १९ का कारण शैक्षिक सत्र […]

बैंक ऋण ठप्प : जग्गा वर्गीकरण नगरी धितो रोक्का गर्न नपाइने

अर्थ राजनीति  ~  तयारीविना सरकारले अपरिपक्व निर्णय गर्दा जग्गा धितोमा दिइने बैंक ऋण ठप्प भएको छ। मालपोत कार्यालयहरुले पछिल्लो निर्णय भन्दै जग्गा रोक्का गर्न नमानेपछि सोमबारबाट बैंक तथा वित्तीय संस्था, सहकारीबाट जाने ऋण ठप्प भएको हो। कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने सरकारले निर्णय गरेको छ। स्थानीय भू-उपयोग परिषद्ले कानूनले तोकेअनुसार […]

संसदमा अर्थमन्त्रीको राजीनामा माग, ‘नैतिक रुपमा पदमा बसिरहन नमिल्ने’

अर्थ राजनीति  ~  अर्थमन्त्री बनेदेखि नै विवादमा परेका नेकपा माओवादीका नेता जनार्दन शर्माको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ । एमालेले ल्याएको बजेटको प्रतिस्थापन विधेयक मार्फत संशोधन गरेर विवादमा परेका अर्थमन्त्री शर्माको बजेट अधिवेसनको छलफलका क्रममा मंगलबार राजीनामा माग गरिएको हो । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको […]

एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख

अर्थ राजनीति  ~  मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको […]

आईजीपी नियुक्ति विरुद्धको रिट कामु प्रधानन्यायाधीश र न्यायाधीश चुडालको बेन्चमा

अर्थ राजनीति  ~  नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका […]