उपत्यकाको फोहोर संकलन गरेर निजी क्षेत्रले उठाउँछ वार्षिक साढे तीन अर्ब

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन्। तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ। ती संस्थाले समयमा फोहोर नउठाउँदा सर्वसाधारण दुर्गन्ध मात्र होइन, विभिन्न रोगको समेत सिकार बन्न बाध्य छन् । यही जेठमा मात्र उपत्यकाको फोहोर […]

” रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ ” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमईको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए । रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी […]

गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठक बस्दै

अर्थ  राजनीति  ~ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ। गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना(२०७९ स्वीकृत गर्ने एजेण्डा छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट […]

परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित

अर्थ राजनीति  ~  परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् । समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो । तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले समितिलाई जानकारी गराइन् । सभापति […]

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिले बोलायो

अर्थ राजनीति  ~  अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्री देउवाको हुन लागेको आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन समितिमा बोलाउने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गरिसकेको छ। केही […]

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसहित नेताहरु बालुवाटार

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता/कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ। साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता […]

“आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने अवस्था छ ” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तरोन्नती गर्ने लक्ष्य राखेकाले […]

“अर्थतन्त्र सुधारको इन्ट्री पोइन्ट सेयर बजार हो, नत्र अर्थतन्त्र मन्दीमा ” : डा. खतिवडा

अर्थ राजनीति  ~  निजी क्षेत्र, उद्यमी, पुँजी बजारका लगानीकर्ताहरुमा चरम निराशा छ। सामान्यत: सेयर बजारमा केही हदसम्म ‘प्राइस करेक्सन’ भइरहनुपर्छ। तर, सेयर मूल्य ‘ओभर करेक्सन’ भएर गएको छ। ३२ सय अंकबाट २ हजार नजिक सेयर बजार आएको छ। सेयर बजार सूचक ३२ सयबाट २००० को स्तरमा आइरहँदा लगानीकर्ताको मनोबल उच्च दरले गिराएको छ। अहिले सक्रिय […]

” संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउछौ ” : अध्यक्ष केपी शर्मा ओली

अर्थ राजनीति  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा  पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे […]

देव गुरुङको चेतावनी : ” नेपाल दोस्रो युक्रेन हुनसक्छ ! “

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपालको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै प्रधानसेनापति र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण स्थगित गर्नुपर्ने बताएका छन् । नेता गुरुङले पछिल्लो समय अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम बढेको र उनीहरुका गतिविधिले नेपाललाई सैन्य गठबन्धनमा सामेल गराउने किसिमका भएको भन्दै यदि नेपाल अमेरिकी सैन्य गठबन्धनमा सामेल भए नेपालले […]