पक्राउ ३ युवालाई रिहा गर्न कांग्रेस महामन्त्री शर्माको माग

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए। सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मालाई प्रहरीले पक्राउ गरेको […]

सरकारको लागि २२ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

अर्थ राजनीति  ~  राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोडको ट्रेजरी बिल्स (ऋणपत्र) बिक्री गर्ने भएको छ। सरकारको लागि ऋण उठाउन पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पुनः नवीकरण गरिन लागिएको हो। विभिन्न परिपक्व अवधि भएका चार किसिमका ऋणपत्रहरू बिक्री गरिने भएको हो। पाँच अर्ब रूपैयाँको ९१ दिन अवधिको, ६ अर्ब ५० करोड २५ लाख रूपैयाँको […]

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् । संसद् मा  महत्त्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल गर्न घिमिरे बालुवाटार पुगेको बताइएको छ । त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल हुनेछ […]

” एमाले कार्यकर्ता बोली बचनबाट छुट्टिनुपर्छ ” : अध्यक्ष ओली

अर्थ राजनीति ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, […]

मन्त्री र उम्मेदवार छान्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्। कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन […]

प्रधानमन्त्री दाहालले भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो भने कांग्रेसको पदाधिकारी बैठकले पनि सोमबारसम्म विस्तार हुने भएकाले सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने बताएको थियो । कांग्रेसको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सरकार विस्तारमा भइरहेको […]

” विदेशमा भएका युवालाई स्वदेशमा फर्काउनु पर्छ ” : अध्यक्ष केपी शर्मा ओली

अर्थ राजनीति  ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरुलाई सहि रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिबार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले बिभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरुलाई नेपाल फर्किएपछि सहज रुपमा उत्पादन लगाएतका क्षेत्रमा परिचालन गर्न सकने मुलुकको आर्थिक अवस्थाका […]

राष्ट्रपति पौडेल गोरखामा

अर्थ राजनीति  ~  राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जानु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल जानु भएको हो । राष्ट्रपति पौडेलले गोरखा बजारमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायाण शाहको पूर्ण कदको शालिकमा माल्यार्पण गर्नुभएको छ भने उहाँले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा समेत गर्नुभएको छ । […]

” जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् ” : विष्णु पौडेल

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदबाट दोस्रो पटक विश्वासको मत पाएको लामो समय बित्दा पनि मन्त्रिमण्डल विस्तार नगरेर गठबन्धनले तमासा गरिरहेको टिप्पणी गरेका हुन् । ‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी […]

नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

अर्थ राजनीति  ~   नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को फुली लगाएको पाँचौ दिनमा कुँवरले आईजीपीको फुली लगाएका छन् । कुँवरले चैत्र ८ मा एआईजीको फुली लगाएका थिए । चैत ६ […]