ब्याजदर घटाउने अर्थमन्त्रीको रटान

Machchapuchchre

अर्थ  राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे । सांसदहरुले महत्वपूर्ण सुझाब दिएको उल्लेख गर्दै मन्त्री महतले सांसदले गरेका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरिने विश्वास दिलाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्