प्रतितोला सात सयले बढ्यो सुन

अर्थ राजनीति  ~  साताको पहिलो दिन आज सुनको मूल्य प्रति तोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबारकाे तुलनामा आज सुन प्रतिताेला सात सय रुपैयाँले बढेको हाे।  त्यस्तै आज चाँदीको मूल्य १२ सय ७० पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार […]

२८ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले २८ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको २८ करोड ६ लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा एक वर्षका लागि लगानी गर्न चाहेको बताएको हो ।  आगामी माघ २ गतेदेखि आउँदो वर्ष २०७९ माघ १ गतेसम्म कुल ३६५ दिनका लागि यस्तो रकम ब्याजमा लगानी […]

एनएमबि बैंकद्वारा सिफेमसँग ऋण सम्झौता

अर्थ राजनीति  ~  एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग एक करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता गरेको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौता भएको हो । उक्त सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडिसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । […]

सरकारले पुन: थाल्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया

अर्थ राजनीति  ~  सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया पुन: अगाडि बढाएको छ। भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रकृया गत कात्तिक ११ गते सुरु गरेको थियो। दर्जनजतिले आवेदन दिएका थिए। ती सबै प्रकृयालाई खारेज गरेर अर्थमन्त्रालयले पुन: बिहीबार नियुक्ति प्रकृया अगाडि बढाएको हो। ढुङ्गानाले पदमा रहेका बेला छोरी र परिवारका नाममा […]

तरलता अभाव कहिले हट्छ ? बैंकर भन्छन्- हामीसँग उत्तर छैन, राष्ट्र बैंक के भन्छ ?

अर्थ राजनीति  ~  राष्ट्र बैंकले अनौपचारिक रुपमा भनेको अनुत्पादक क्षेत्र- गाडी, घरजग्गा खरीदका लागि त ऋण बन्दै छ, सानोतिनो ब्यापार गर्छु भन्नेलाई समेत बैंकले ऋण दिएका छैनन्। निक्षेपमा सुधार नहुँदा प्रणालीमा अहिले लगानी योग्य पुँजीको अभाव छ। तरलता अभावले अहिले कसैलाई धेरै सताइरहेको छ भने- पहुँच नहुने वर्गलाई। पहुँच हुनेले ऋण पाइरहेका छन्। यही कारण […]

आज सुनचाँदीको मूल्य के छ ?

अर्थ राजनीति  ~  आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १२ […]

राष्ट्र बैंक : कुल चालु पुँजी कर्जाको सीमा कायम गर्न नयाँ निर्देशन जारी गर्दै

अर्थ राजनीति  ~  बजारमा तरलता अभाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातका लागि प्रयोग हुने चालु पुँजी कर्जामा कडाइ गर्ने तयारी गरेको छ । उच्च आयात भई वैदेशिक मुद्रा सञ्चिती र शोधानान्तर स्थितिमा दबाब बढ्दै गएपछि राष्ट्र बैंकले चालु पुँजी कर्जा लगानी सम्बन्धी मार्गनिर्देशनमार्फत यसमा कडाइ गर्न लागेको हो । राष्ट्र बैंकले आइतबार चालु पुँजी […]

बैंकहरुले ब्याजदर अचाक्ली बढाएको भन्दै व्यवसायीको आपत्ति

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्याधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश कटुवालले बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताएका छन् । कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः […]

आज घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

अर्थ राजनीति  ~  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला २००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० […]

पहिलो साता सुधार भएको निक्षेप दोस्रो सातादेखि घट्न थाल्यो

अर्थ राजनीति  ~  पुस पहिलो साता निक्षेपमा देखिएको सुधार दोस्रो साता भने कायम हुन सकेन। पहिलो साता निक्षेप २७ अर्ब रुपैयाँले बढेको थियो। दोस्रो सता घट्न थालेको छ। दोस्रो साताको पहिलो दिन नै निक्षेप ५ अर्बले घटेको छ। बाणिज्य बैंकहरुको मात्र ४ अर्ब रुपैयाँले घटेको छ।पहिलो साता ऋण ७ अर्ब रुपैयाँले मात्र बढेको थियो। दोस्रो […]