भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले दियो निर्देशन

अर्थ राजनीति ~ भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका […]

नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्‍यो

अर्थ राजनीति ~ कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्‍याएको छ । यसअघि विश्व बैंकले गत चैतमा समेत यस आवमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक […]

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा दिने पहिलो बैंक

अर्थ राजनीति ~ सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गर्ने पहिलो बैंक बनेको छ । डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) अपग्रेड गरेको छ । बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप् वा वेव ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याबलेट र ल्यापटपरकम्प्युटरबाट पनि चलाउन […]

ग्लोबल बैंकले आफैंले जग्गा किनेर नयाँ भवन बनाउने योजना

अर्थ राजनीति ~ मर्जरपछि ठूलो बनेको ग्लोबल आइएमइ बैंकलाई कर्पोरेट कार्यालय साँघुरो भएको छ । डेढ वर्षअघि मात्रै कमलादीमा नयाँ भवन बनाएर कर्पोरेट कार्यालय सारेको बैंकलाई त्यो पनि साँघुरो भएपछि नयाँ भवन बनाउने योजना बनाएको छ । बैंकले आफैंले जग्गा किनेर नयाँ भवन बनाउने योजना बनाएको छ । यसका लागि बैंकले चक्रपथ बाहिर भए ८ […]

नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय चयन

अर्थ राजनीति ~ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई चयन गरेको छ । मंगलबार सम्पन्न साधारणसभाले रिक्त उपाध्यक्ष पदमा उपाध्यायलाई चयन गरेको छ । यसअघि नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनगर संघको उपाध्यक्ष रहेका थिए । कार्यसमिति सदस्यहरुमा नेपाल एसबीआई […]

सिटिजन्स बैंक इन्टरनेसनल र होटल साम्बाला बीच व्यवसायिक सम्झौता

अर्थ राजनीति ~ सिटिजन्स बैंक इन्टरनेसनल र होटल साम्बाला बीच व्यवसायिक सम्झौता भएको छ । यो सम्झौतापछि होटलको सेवामा विशेष छुट पाउने बैंकले बताएको छ । बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डबाट भुक्तानी गर्दा छुट पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनएमबि बैंकको एकै पटक तीन नयाँ ठाउँमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा

अर्थ राजनीति ~ एनएमबि बैंकले एकै पटक तीन नयाँ ठाउँमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको छ । बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले इकाइ सञ्चालनमा ल्याएको बताएको छ । बैंकले प्रदेश १ कोा रौतमाई गाउ“पालिका–०६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउ“पालिका–०४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउ“पालिका–८, टोपा सप्तरीमा इकाइ सञ्चालनमा ल्याएको हो […]

नबिल बैंकको: ३३.५% बोनस सेयर

अर्थ राजनीति ~ नबिल बैंक लिमिटेडले सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले नगद लाभांशलाई प्राथमिकतामा नराखी पुँजी वृद्धिमा जोड दिएको पहिलो पटक रहेको छ । चालु वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब २० करोड रुपैयाँ यस्तो नाफा […]

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा भएको अनियमिततामा बैंककै कर्मचारीको मिलोमतो

अर्थ राजनीति ~ महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा भएको अनियमिततामा बैंककै कर्मचारीको मिलोमतो रहेको जानकारी छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा कर्मचारीको संलग्नता देखिएपछि तीनजना शाखा प्रबन्धकसहित ऋणी पक्राउ परेका छन् । कम तौलका सुनका गरगहना धितो राखी ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ ऋण प्रवाह गरेको उजुरी परेपछि ब्युरोले प्रकरणमा […]

नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर

अर्थ राजनीति ~ नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमकाबीच करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयोजनामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस […]